भेनेजुयलाले तोडेपछी, ७२ घण्टाभित्र देश छाड्न अमेरिकी कुटनीतिज्ञहरुलाई निर्देशन



एजेन्सी । बुधबार भेनेजुयलाको राजनीतिक घटनामा नाटकीय उतार चढाव देखियो । विपक्षी नेता हुआँ गुएदोँले सरकारको विरोध प्रदर्शन गर्न भेला भएको विशाल भीडको अघि अन्तरिम राष्ट्रपतिको सपथ खाए ।

उनको दाबीलाई अमेरिका र उसका मित्र शक्तिहरुले तत्कालै समर्थन गरे । हाल अमेरिकाको उक्त कदमप्रति भेनेजुलयलाका राष्ट्रपति निकोलस मदुरोले कडा कदम उठाएका छन् ।

उनले भेनेजुयलाले अमेरिकासँग सम्बन्ध टुटाएको बताउँदै अमेरिकी कुटनीतिज्ञहरुलाई देश छाड्न ७२ घण्टा दिएका छन् ।

तर अमेरिकाले भने ‘पूर्व राष्ट्रपति मदुरो’लाई यस्तो निर्णय गर्ने अधिकार नभएको जवाफ दिएको छ ।

 

गुएदोँ र अमेरिकाले भेनेजुलयाको सेनालाई मदुरोलाई छाड्न आह्वान गरेका छन् । तर मदुरो सरकारका रक्षामन्त्रीले भने गुएदोँलाई अमेरिकी षडयन्त्रको गोटी भएको आरोप लगाएका छन् ।

विपक्षी नेताको समर्थन र विरोध
अमेरिकाको कदम पछ्याउदैं भेनेजुयला रहेको दक्षिण अमेरिकाका सात राष्ट्रहरुले गुएदोँलाई आधिकारिक राष्ट्रपतिको मान्यता दिएका छन् । यसमा ब्राजिल, अर्जेन्टिना, कोलम्बिया र पेरु समेत छन् ।

क्यानडाले पनि गुएदोँलाई समर्थन गरेको छ भने युरोपेली युनियनले नयाँ निर्वाचनको आह्वान गरेको छ ।

तथापी मेक्सिको, क्युवा, बोलिभियाहरुले भने मदुरोप्रति समर्थन आफ्नो व्यक्त गरेका छन् ।

बुधबार राष्ट्रपति निकोलस मदुरोको विरोधमा भएको ठूलो प्रदर्शनमाझ विपक्षी नेताले नाटकीय कदम चालेका थिए ।

निकोलस मदुरो सुरुदेखिनै आर्थिक रुपमा तीव्र रुपमा उधोगति लागिरहेको देशको नेतृत्व गरिरहेका छन् । मानव इतिहासकै ठूलो मध्यको मुद्रा स्फिर्ति,  लोडसेडिङ र अत्यावश्यक सामाग्रीहरुको अभाव

आइपरेपछि केही समय यता दशौं लाख भेनेजुयालीहरुले आफ्नो देश छाडिसके ।

मदुरोको दोस्रो कार्यकालको सपथलाई काउन्टर
यही जनवरी महिनाको प्रारम्भमा मदुरोले दोस्रो कार्यकालको लागि सपथ लिएका थिए ।

विपक्षीहरुको व्यापक वहिष्कार र धाँधलीको आरोपमाझ अघिल्लो वर्षको मेमा भेनेजुयलामा राष्ट्रपति निर्वाचन भएको थियो ।

विपक्षी नेता गुएदोँको कदममा मदुरोले अमेरिकाले कठपुतलीमार्फत वाशिन्टनबाट भेनेजुयलामा शासन चलाउन लागेको आरोप लगाए । उनले विपक्षीको कदमलाई कुको प्रयासको संज्ञा दिएका छन् ।
राष्ट्रपति भवनबाट प्रशारण भएको टेलिभिजन सम्बोधनमा मदुरो भने ,“हामीहरुमाथिको हस्तक्षपले सीमा नाघ्येको छ । उनीहरुले नबिर्सिउन कि हामीहरुमा पनि स्वाभिमान छ ।”

उता भेनेजुयलाको संसद नेसनल एसेम्लीका प्रमुख ३५ वर्षे हुआँ गुएदोँले प्रदर्शनकारीहरु अघि दाहिने हात उठाएर भने ,“ म औपचारिक रुपमा कार्यवाहक राष्ट्रपतिको रुपमा राष्ट्रिय कार्यकारी अधिकार आफ्नो हातमा लिएको घोषणा गर्छु ।”

उत्साही भिडलाई उनले ‘भेनेजुलयता स्वतन्त्र नभएसम्म’ विरोध जारी राख्ने बताए ।

गुएडोँले हालसम्म मदुरोलाई साथ दिइरहेको सेनालाई सरकारलाई अवज्ञा गर्न आह्वान गरेका छन् ।

बीबीसी ल्याटिन अमेरिका सम्पादक क्यान्डीस पिएटले मदुरोले सेना नेतृत्वलाई आफ्नो पक्षमा लिन निक्कै मिहेनत गरिरहेको बताए । उनका अनुसार मदुरोले सेनाका प्रभावशाली व्यक्तिहरुलाई सरकारमा

महत्वपूर्ण पद दिनुका साथै सेनासँग जोडिएका संस्थालाई महत्वपूर्ण तेल क्षेत्र दिएका छन् ।

मंगलबार र बुधबार भएको विरोधमा १४ मानिसहरु मारिएको भेनेजुलयामा क्रियाशिल एनजीओहरुले बताए ।

बुधबार केही स्थानमा मदुरोको समर्थनमा ¥यालीहरु पनि निस्किएको थियो तथापी यी विरोध ¥यालीको तुलनामा साना थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्