ट्रम्पका पूर्व सल्लाहकार पक्राउ



अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार रोजर स्टोन शुक्रबार पक्राउ परेका छन् । विषेश परामर्शदाता रोबर्ट मुलरको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको अमेरिकी समाचार माध्यमहरुले जनाएका छन् ।

स्टोनलाई सात अभियोग लगाइएको अमेरिकी सञ्चार माध्यमहरूले मुलरको कार्यालयको श्रोतलाई उल्लेख गर्दै समाचार लेखेका छन् । झुटो वक्तव्य बनाएको, प्रक्रियागत काममा अवरोध गरेको, प्रमाणहरू विगारेको लगायत आरोपमा स्टोनलाई पक्राउ गरेकाे हाे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्