दलित एकता संजाल नेपाल भारतको प्रथम रास्टिय सम्मेलन अध्यक्षमा अर्जुन बिक



दलित एकता संजाल नेपाल , भारत आज बिधिबत रूपमा गठन भएको छ … नया दिल्लीको रगपुरिमा भएको प्रथम सम्मेलन दलित एकता संजाल नेपाल अन्तरास्ट्रिय समन्वय समितिकी सयोजक सरु सुनारको प्रमुख अतिथिमा भएको थियोे , अध्यक्षता अर्जुन बिकले गरेका थिए भने विशिष्ट अतिथी की नेपाल रेस्क्यु अफिसर नवीन जोशी , प्रवासी नेपाली संघका सचिब युबक घर्ती , अतिथि राज्यसमिती सदस्य कुल बहादुर गोतामे ,प्रवासी नेपाल सघ नगर सदस्य जितेन्द्र कुमार लगायतकाले शुभकामना दिएका थिए ।

की नेपाल का नवीन जोशीले विशेष गरि मानबबेच -बिखनमा बढी जनजाति र दलित चेली बढि परेको तथाङ्क दिदै , दिदिबहिनीहरु कसैको ललाइ फकाइ र बिश्वासमा नपर्न अनुरोध गरेका थिए । बोल्ने प्राय युवाले दलित शब्द हटाउनु पर्छ भन्दै थर थाहा पाए पछि आफुहरुले डेरा नपाएको र अपमानित हुन परेको भन्दै गुनासो र उदाहरण दिए ..।

कार्यक्रममा प्रमुख अतिथी सरु सुनारले नेपालमा NGO, INGO भन्दा फरक र आफ्नो मुक्तिको खातिर आफ्नै मानो खाएर बिस्वभरका दलित युवाहरु एक हुनै संजालको सामाजिक आन्दोलनमा सबै एक हुन आवाहन गर्दै , एक्काइसौं सताब्दिमा पनि मानबले छुदा छोइन्छ भनि विभेद गर्नु एक लज्जाको विषय हो।

नेपालको दलित समुदायले भोगेको छुवाछूतको पीडा बिश्वको कुनै देशमा नभएको भन्दै कानुन र प्रशासनले प्रमाण खोजी छुवाछूतको मुद्दालाई खुकुलो बनाइदिदा छुवाछूत गर्नेले अझै बढी हौसला पाएको भन्दै २०६८ को जातीय छुवाछूत सम्बन्धि ऎन र २०७२ को सबिधानमा लेखिएका कुरा व्यबहारमा लागु नगेको आरोप लगाइन , आफ्नो मुक्तिको खातीर आफै देश र बिदेशमा उठनु पर्ने र एकताको विकल्प छैन भनी प्रवासी नेपाली दाजुभाइलाई खुला एकताबद्द हुन आवहन समेत गरिन।

कार्यक्रमका अध्यक्षता गरेका अर्जुन बिकले लामो समय देखि भारतमा दलित दाजुभाइहरुलाइ एकता हुन प्रयास गरे पनि निकै कठिनाइका बाजुद सफल भएकोमामा खुसी ब्यक्त गरे । उक्त भेलाले अर्जुन बिकको अध्यक्षतामा ३८ सदस्यीय दलित एकता संजाल नेपाल , भारत गठन गरेको छ । नयाँ समितिलाई आइसिसी सम्योजक सरु सुनारले अबिर र खादाले संमान गर्दै धन्यवाद दिएकि छिन ।

नयाँ कार्यक्रम यसप्रकार रहेको छ ।।

१. अध्यक्ष – अर्जुन बिस्वकर्मा

२. उपाध्यक्ष – गणेश परियार

३, उपाध्यक्ष – छोटु ओढ

४. उपाध्यक्ष – ममता बिक

५. महासचिव – अर्जुन दयाल

६. सचिब – शुरेश बिस्वकर्मा

७. कोशाध्यक्ष – अर्जुन ओखेडा

८. सह- कोशाध्यक्ष – धन ब. बिक

९. अभियान्ता – कुल ब. धमेल

१०. अभियान्ता – भुवन परियार

११. अभियान्ता – गोबिन्द परियार

१२. अभियान्ता – पुर्ण ब. परियार

१३. अभियान्ता – डिल ब. बिक

१४. अभियान्ता -सन्जय सार्की

१५. अभियान्ता – अशोक सार्की

१६. अभियान्ता – भिम . ब . सार्की

१७. अभियान्ता – प्रदिम कुमार बिक ( हिमान्चल प्रदेश )

१८. अभियान्ता – राकेश ताम्राकार

१९.अभियान्ता – शम्भु बिस्वकर्मा

२० . अभियान्ता – महेश सुनार रसाइली ( पन्जाब )

२१. अभियान्ता – करण दुर्गा सिङ सार्की( पन्जाब )

२२. अभियान्ता – दिपक नेपाली ( हरियाणा )

२३. अभियान्ता – शेर सिङ सार्की ( महरास्ट )

२४.अभियान्ता – पुरन सिङ रसाइली ( महारास्ट )

२५. अभियान्ता – सनिचर ओढ

२६ अभियान्ता – पदम दयाल

२७. अभियान्ता – दिपक ओढ

२८. अभियान्ता- पुरन ब. सार्की

२९ . अभियान्ता – सान्ती बिक

३०. अभियान्ता – दिपक सार्की

३१. अभियान्ता – बाबुलाल नेपाली

३२. अभियान्ता – सुरेश सार्की

३३. अभियान्ता – अर्जुन सार्की

३४. अभियान्ता – समि कुमार ओढ

३५ . अभियान्ता – करण सार्की

३६. अभियान्ता – धर्म राज सार्कि

३७. अभियान्ता – रमेश परियार ( राजकोट )

३८. अभियान्ता – दिपक नेपाली

३९. अभियान्ता- दिपक चुदारा सल्लाहकार —

दिपक बिस्वकर्मा हार्दिक बधाई तथा सफल कार्यकालको सम्पुर्ण निर्वाचित पदाधिकारीहरुलाइ सुभकामना … धन्यवाद

संयोजक सरु सुनार दलित एकता संजाल नेपाल , अन्तर्राष्ट्रिय समन्वय समिती तथा सम्पुर्ण परिवार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्