यस्तो देश जहा य डेटिंगका लागि महिला कर्मचारिहरुले अतिरिक्त विदा पाउँछन्



एजेन्सी। चिनियाँ कम्पनीहरुले सिंगल महिला कर्मचारीहरुका लागि विशेष विदाको व्यवस्था गरेका छन्। नयाँ नीतिअनुसार ३० वर्षभन्दा माथिको उमेरकी महिलाहरुलाई हरेक वर्ष ८ किसिमका विदा दिन थालिएको छ । किनकी उनीहरु यो विदामा डेटिंगमा जान सकुन र बिहेको कुरा अगाडि बढाउन सकुन ।

चीनमा ३० वर्ष आसपासकी अविवाहित महिलाहरुलाई शेंगनु भनिन्छ । यो उमेरसम्म बिहे नहुने महिलाहरुमा कुनै रुची नहुने चीनमा विश्वास गरिन्छ ।

चीनको बदलिँओ आर्थिक स्थितिका कारण मध्यम वर्गीय परिवारका महिला तथा युवतीहरुमा आफ्नो करिअरमा ध्यान दिने प्रचलन बढिरहेको छ । यस कारण धेरैजसो महिलाहरु उमेर धेरै हुँदा पनि बिहे गर्दैनन् ।

यसै कारण गएका ६ वर्षमा देशमा बिहेको दरमा पनि कमी आएको छ ।

खासका चीनको जनसांख्यिकीमा गएका केही वर्षहरुमा निकै परिवर्तन भएको छ । यहाँ वन चाइल्ड नीतिलाई हटाउँदा पनि जनसंख्या वृद्धि निकै कम दरमा छ । युवाहरुको कमीको कारण चीनको परिवेश परिवर्तन हुन सक्ने र त्यसले भविष्यमा चीनलाई आर्थिक नोक्सानी हुन सक्ने अनुमान गरिएको छ।

नागरिक मामिला मन्त्रालयका अनुसार २०१३ पछि हरेक वर्ष बिहे दरमा गिरावट आएको छ । हाल चीनमा करिब २० करोड वयस्क अविवाहित छन् । यस समस्याबाट मुक्त हुन कम्पनीहरुले महिलाहरुलाई विदा दिएका छन् । विदामा सजिलो वातावरणमा जीवन साथी खोज्न सजिलोहोस भन्ने कम्पीहरुको आश हो । यसले महिलाहरुको प्रजनन क्षमता पनि बच्ने बताइएको छ ।

चीनमा कम्पीहरुभन्दा पहिला हांगझू सहरको एक विद्यालयले डेटिंग लीभ नीति अपनाइसेको छ । त्यहाँ हरेक महिना एकल तथा तनाव रहेका शिक्षकलाई एक अथवा दुई अतिरिक्त विदा दिइन्छ ।

किनकी उनीहरुलाई कामबाट मुक्ती होस र स्टाफको मनोबल बढोस । कम्पनीहरु पनि यस्तो विदा दिएर महिलाहरुलाई अन्य साथीहरुसँग घुलमिल हुने समय दिन चाहन्छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्