होटेलमा पहिरो, १५ जनाको मृत्य, ३४ घाइते



पेरू । करिब १०० जना पाहुना सहभागी एक वैवाहिक समारोह चलिरहेको होटेललाई पहिरोले बगाउँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

घटनामा कम्तीमा ३४ जना घाइते भएका छन् । “होटेलको पर्खालबाट जोडसाथ विवाहस्थलमा एक्कासी छिरेको पहिरोले अवान्से शहरमा वैवाहिक कार्यक्रममा सहभागी १५ जनाको मृत्यु भएको छ भने ३४ जना सख्त घाइते भएका छन्,” शहरका सरकार प्रमुख इभारिस्तो रामोसलाई उद्धृत गरी स्थानीय आरपीपी रेडियोद्वारा प्रसारण गरिएको समाचारमा बताइएको छ ।

घाइते सबैलाई उपचारका लागि स्थानीय अस्पतालहरूमा पठाइएको छ भने पहिरोमा परी हराएका केहीको खोजीकार्य जारी रहेको पेरूको प्रहरीले जनाएको छ । रासस/एएफपी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्