डा.केसी को जीवनरक्षाका लागि अबिलम्व समस्याको समाधान खोज्न माग



गुणस्तरीय चिकित्सा शिक्षा र सेवामा सबैको पहु‘च स्थापित गर्ने लगायतका मागहरु राखी प्रा. डा. गोबिन्द केसी २०७५ पुस २६ गतेबाट १६ औं पटक आमरण अनशन बस्नु भएको सबैमा बिदितैछ ।

डा. केसी र सरकार बिच बिगतमा भएका सहमतिहरु बिपरित सरकारले सदनमा पेस गरेको चिकित्सा शिक्षा बिधेयक प्रतिपक्षको बिरोध हुदाहुदै पनि २०७५ माघ ११ गते जबरजस्ती पारित भएको घोषणा गरियो । संसदको उक्त दिनको गतिबिधि लोकतान्त्रको बिधि, मुल्य र मान्यता अनुरुपको थियो भन्न सक्ने अवस्था देखिएन । प्रतिपक्षका कतिपय नेताहरुले तत्काल दिएका बिचार पनि अराजक र उत्तेजित रहेका थिए भने डा. केसीका तत्कालिन बिचार पनि सन्तुलित थिएनन । यसै बिषयलाई लिएर स्वास्थकर्मीहरु, राजनीतिक दल, नागरिक समाज समेतको जनमत बिभाजित भै पक्ष र बिपक्षमा बिरोधपर्दशन र कार्यक्रमहरु संचालन भएबाट थप अन्यौल र आशंका उत्पन्न भएको छ । डा. केसीको स्वास्थ्यमा गम्भिर असर देखा पर्दा समेत राज्यका तर्फबाट ठोस् कदम चालिएको छैन । अत, डा. केसी संग फलदायी वार्ता गरि अबिलम्व समस्याको समाधान खोज्न, डा. केसीको जीवनरक्षा गर्न सरकार समक्ष प्रतिष्ठान पुनः जोडदार माग गर्दछ । साथै डा. केसी लाई पनि आमरण अनसनको मार्ग तत्काल बन्द गर्न प्रतिष्ठान पुनः अपिल गर्दछ ।

भवानी प्रसाद खरेल -अध्यक्ष HURFON

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्