जाडोमा रक्तचाप बढ्न नदिन…



जाडो मौसममा शरीरको तापमान कम हुनाले रक्तनली खुम्चिएर साँघुरिन्छ । यसरी नसा साँघुरिँदा रक्तसञ्चारका लागि धमनीमा मुटुले बढी बल गर्नुपर्ने हुन्छ । जसले गर्दा रक्तचाप (ब्लडप्रेसर) बढ्न जान्छ । त्यस्तै, जाडोमा शरीरबाट कम पसिना आउने भएकाले समेत ब्लडप्रेसर बढ्छ । यसकारण जाडोमा रक्तचाप नियन्त्रण गर्न निम्न उपाय अपनाउन सकिन्छ :

सन्तुलित आहार नियमित सेवन गर्ने । खानामा गेडागुडी, गहुँको रोटी, टुसा उम्रेको अन्न, माछा, फलफूलको जुस, अमला, हरियो सागपात खान सकिन्छ ।

अत्यधिक नुनिलो, पिरो, चिल्लो, अमिलो खानेकुरा नखाने । फास्टफुड, रातो मासु, निकोटिनजन्य वस्तु, बट्टामा बन्द गरिएका खानेकुरा सेवन गर्नु हुँदैन ।

नियमित शारीरिक व्यायाम गर्ने गर्नुपर्छ । जसले शरीरमा ताप उत्पन्न गराओस् । यो घरभित्रै पनि गर्न सकिन्छ ।

पानीको कमीका कारण मिर्गौलालाई काम गर्न गाह्रो हुँदा रक्तचाप बढ्छ । तसर्थ, प्रशस्त मात्रामा पानी पिउनु आवश्यक हुन्छ ।

रगतमा कोलेस्ट्रोलको मात्रा कम गर्न लसुन खानु प्रभावकारी हुन्छ । लसुनको केस्रा मनतातो पानीसँग दैनिक खाने गरेमा रक्तचाप नियन्त्रण स्वतः हुन्छ ।

टाउकोलाई सकभर चिसोबाट जोगाउने, सधैँ न्यानो लुगा लगाउने गर्नुपर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्