महिलाहरुले भित्री वस्त्र समेज लगाउदाँ ध्यान दिनु पर्ने कुरा यस्ता छन्



महिलाहरुले आफ्नो स्तन ढाक्नका लागी लगाउने यो समेज एक प्रकारको वस्त्र हो । कुनै पनि महिलाको स्तनको आकार अनुसार यो पनि त्यति नै आकारको हुन्छ । समेज लगाँउदा महिलाहरुले निकै नै ध्यान पुर्याउनु पर्ने हुन्छ । अन्यथा यसले नराम्रो असर पनि देखाउन सक्छ ।

महिलाहरु जानेरै पनि कसिलो समेज लगाइरहेका हुन्छन् । महिलाहरु आफ्नो स्तनलाई आकर्षक बनाउनको लागि यसो गर्छन् । तर, कसिलो समेज लगाउँदा महिलाको स्तनमा विभिन्न खालका समस्याहरु ल्याउन सक्छ । चिकित्सकका अनुसार महिलाले भरसक खुकुलो खालको नै समेज लगाउनु पर्छ ।

कसिलो ब्रा लगाउँदा आउने समस्याहरु यस्ता छन्ः

–धेरै कसिएको ब्रा लगाउँदा यसले छातीमा सहज तरिकाले रगत सञ्चालन हुन दिँदैन । यसले टाउकोसँग सम्बन्धित गम्भीर रोग पनि लाग्न सक्छ ।

–कसिएको ब्रा लामो समयसम्म लगाउँदा काँधमा दाद जस्तो गहिरो दाग बन्न सक्छ । जसले गर्दा चिलाउने र पोल्ने हुन्छ । लामो समयसम्म लगाउँदा काँधमा निलो डाम बस्ने र त्यसबाट दादको संक्रमण हुन सक्ने छ ।

–नमिलेको ब्रा लगाउँदा स्तनलाई सहयोग गर्नको सट्टा गर्धनमा दुखाई बढ्न जान्छ र ढाडमा बढी दबाब पर्छ । यसले टाउको र गर्धनमा जाने रगतलाई रोकिदिन्छ । त्यसरी रोकेपछि टाउको दुख्ने समस्या आउँछ ।

–कहिलेकाहीँ नमिलेको ब्रा र अन्डरवेयर लगाउँदा टाउको, छाती, ढाडको हड्डीमा पनि असर पर्छ । हड्डीमा असर गर्दा कहिलेकाहीँ श्वासप्रश्वासमा पनि समस्या हुने गरेको पाइन्छ ।

–गलत साइजको ब्रा लगाउँदा पेटलाई पनि खराब गर्छ । कसेर लगाइने ब्राले डायफ्रममा दबाब पर्छ र पाचन प्रणाली सहज नहुँदा पेटमा असर गर्दछ ।

–कहिलेकाहीँ हात या गर्दनमा हल्का सुइले घोचेकोजस्तो दुखाइ पनि हुनसक्छ । यो समस्या गम्भीर हुनसक्छ । यसको प्रमुख कारण गलत तरिकाले ब्रा लगाउनु नै हो । एउटा शोधले यस्तो बताएको छ कि महिलाको छातीसँग जोडिएको दुखाइ प्रायस् गरेर कसेर लगाइने ब्रासँग सम्बन्धित छ ।

–यसको कारण अर्को पनि देखिएको छ, जुन बसाइको तरिकामा भर पर्छ । गलत तरिकाले ब्रा लगाएर बस्दा गर्दन तलतिर झुक्छ र धेरै प्रकारका समस्या देखिन्छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्