दलित आन्दोलन किन संस्थागत हुन सकेन ??



धर्म भनेको आस्था मात्र होइन यो जीवन पद्धति पनि हो !

हिन्दु धर्मले धर्मको नाममा बिभेदलाइ संस्थागत गरेको हामीले दैनिक रूपमा धर्मको नाममा बिभेदको अभ्यास गरि रहेका छौ! त्यो हिन्दु धर्म मान्ने चाहे दलित होस या गैह्र दलित होस सबैले गरि रहेका छन ! दलित आन्दोलन कमजोर हुनुको मुख्य कारण जात नै हो भन्दा कुनै अतियुत्ती नहोला !

राज्य ब्यवस्था बाट सुचिकृत गराइ दलित भित्र पनि श्रेणी बनाइदिएको छ , त्यो श्रेणी लाई मान्दै दलित एउटै जात वा समुदाय होइन भन्दै दलितहरु बिच साझा पहिचान को आन्दोलन हुन सकेन ! यहाँ अझै बुझनुपर्ने महत्त्वपूर्ण कुरा के छ भने एक जातसंग अर्को जातको कुनै किसिमको अन्तर सम्बन्ध छैन , सबैको आ- आफनै संगठन गराएका छन भने , आ- आफनै सस्थागत कामकुरो एकातिर कुम्लो बोकि ठिमी तिर गर्दै काम गरि रहेका छन यो हुनुमा कारण ब्राह्मणवादले यहाँ भित्र पनि सानो जात र ठूलो जातको अवधारणा स्थापित गरेकोले दलित भित्रका जातहरुको बिचमा पनि अन्तरघुलनको सम्भावना निकै कम देखिन्छ ! जातको दासत्वबाट दलितहरु पनि टाढा बस्न सकेका छैनन ! रक्त सम्बन्ध नै भावनात्मक सम्बन्ध स्थापना गर्ने आधार हो ! तर एउटा ठूलो दलितले सानो दलित जातले छोएको पानी सम्म नचल्ने संरचना ब्राह्मणवादले निर्माण गरिदिएको छ !

यस्तो अवस्थामा दलित बिचको भावनात्मक एकता सहज र प्रभावकारी हुने संभावना नै देखिदैन र तितो सत्य केहो भने जबसम्म उत्पीडितहरुको एकता मजबुत हुदैन तबसम्म उनिहरुले गर्ने आन्दोलन समेत परिणाममुखी हुन सक्दैन ! दलितहरु हजारौ बर्ष देखि जातको दासत्वबाट ग्रसित भएर बसेको हुनाले पनि मानसिक रूपमा यति कमजोर छन कि उनिहरुको अवस्था बाधिएको जस्तो छ । दलित संगठित हुन नसक्नु मुलकारण नै जात प्रथा हो ! यसले दलितलाई साङ्लोले बाधेर मानसिकरुपमा कमजोर बनाइ दिएको छ !

विभिन्न जातहरुको बिचमा भावनात्मक एकता छैन ! उत्पीडिनका विभिन्न रुपबाट हरदिन प्रताडित हुदाहुदै पनि त्यसको संगठित रूपमा प्रतिकार गर्न सक्ने क्षमता दलित मा देखिदैन ! त्यसैले दलित आन्दोलन ७दशक पुरा हुँदा पनि अपेक्षित परिणाम हासिल गर्न सकेन !जब सम्म दलित लाई हिन्दु धर्मले निर्माण गरेको जातको साङ्लो बाट बाहिर निकाल्न सकिदैन तब सम्म दलित आन्दोलन ले अपेक्षित प्रतिफल प्राप्त गर्न सक्दैन ,

धन्यवाद ।

दधिराम परियार ;दलित जागरण अभियान नेपालका सल्लाकार साथै दलित अभियान्ता हुन् 

लेखकको निजि बिचार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्