दीपक श्रेष्ठ,
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रीय बिमानस्थल प्रहरीले आज नेपाली रुपैयाँ २२ लाख ३५ हजार ९ सय ५० बराबर को १ सय दरको १ सय ९७ थान अमेरिकी डलर सहित एक जना इजरायली नागरिकलाई पक्राउ गरेको छ । इजरायली नागरिक दिउँसो १ बजे को समयमा थाइ लायोन एर को उडान नम्बर एस. एल २२१ द्वारा काठमाण्डौबाट थाइल्याण्डको बैंकक जानलागेका थिए ।
राहदानी नम्बर २१७४०५३८ बाहक ३१ बर्षिय टिसाही बेन मोहा नाम गरेका इजरायली नागरिकले साथमा लिइ आएको कालो रङ्गको कम्मरमा भिर्ने पर्सलाई विमानस्थलले एक्सरे मेसिनमा राखेर जाँच गर्दा उक्त परिमाण बराबर को अमेरिकी डलर भेटिएको हो ।
अबैध रुपमा बाहिरी मुलुक लैजान लागेको अवस्थामा बरामद गरिएको उक्त रकमलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक पठाइएको बिमानस्थलका प्रहरी उपरीक्षक दिनेश मैनालिले जानकारी दिएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।