दर्जनौ स्वास्थ्य समस्याका लागि अचुक ओखती : तिते करेला !



काठमाण्डौ । तिते करेला धेरैले यसलाई रुचाउँदैनन् । तर यही तीतोपनप्रति हुरुक्कै हुनेहरू पनि कम छैनन् । स्वाद जेजस्तो भए पनि करेलाको गुण भने निकै मिठो छ । यसले मानव स्वास्थ्यलाभका लागि फाईदा गर्छ ।

करेला खानुका यस्ता छन् फाइदा –

१, करेलामा प्रशस्त मात्रामा फस्फोरस पाइन्छ । यसले कफ, कब्जियत एवं पाचनसम्बन्धी समस्याहरूलाई हटाउँछ । करेला खाएपछि पाचन प्रणाली राम्रो हुने भएकाले भोक जाग्छ ।

 

२, दमका रोगीहरूलार्य करेलाले फाइदा गर्छ । मसला नहालिकन पकाइएको करेला खाँदा दमका रोगीलाई लाभ मिल्छ ।

३, पेटमा ग्याँस बढ्ने तथा अपच हुने समस्यामा करेलाको रस सेवन गर्नु लाभदायी हुन्छ । करेलाले लामै समयसम्म यस्तो समस्या आउन दिँदैन ।

४, उच्च रक्तचापका बिरामिका लागि करेला अमृत समान नै हुन्छ । कम रक्तचाप हुने मानिसले भने करेला धेरै खानुहुँदैन । अरूले पनि यसबाट मिल्ने फाइदा समुचित रूपले लिनका लागि मात्रा मिलाएर खानु आवश्यक छ ।

५, पहेँले रोग अर्थात् जन्डिसमा पनि कलेजाले फाइदा गर्छ । करेलाको फल मात्र नभई पातसमेत लाभदायी छ ।

६, करेलाले रगत सफा पार्ने काम गर्छ । मधुमेहका रोगीलाई पनि यसले राम्रो गर्छ । मधुमेह छ भने एक चौथाई कप करेलाको रसमा त्यति नै मात्रामा गाजरको रस मिलाएर पिउँदा फाइदा मिल्छ ।

७, रगत निस्कने पाइल्समा करेलाले अत्यन्त फाइदा गर्छ । एक चम्चा करेलाको रसमा आधा चम्चा सखर मिसाएर पिउँदा आराम मिल्छ ।

८, करेलाको रस पिउनाले कलेजो बलियो हुन्छ र कलेजोका सबैखाले समस्या कम गर्न पनि यसले सहयोग गर्छ । नियमित करेला सेवन गर्दा एक हप्तामै यसको परिणाम देखा पर्छ ।

९, बाथ एवं हातखुट्टा पोल्ने समस्या भए करेलाको रसले मालिस गर्दा तुरुन्तै आराम मिल्छ ।

१०, मिर्गौलाको समस्यामा करेला उमालेको पानी तथा करेलाको रस दुवैले फाइदा दिन्छ । यसले मिर्गौलालाई सक्रिय तुल्याएर हानिकारक तत्व वा टक्सिनलाई शरीरबाहिर निकाल्न मद्दत गर्छ ।

११, मुटुरोगमा पनि करेलाले फाइदा पुर्‍याउँछ । यसले मुटुको धमनीमा हानिकारक बोसो जम्न दिँदैन र रक्तसञ्चार सुचारु हुन्छ र हृदयाघातको सम्भावना कम गर्छ ।

१२, करेलाको रसले क्यान्सरसँग लड्न सहयोग क्यान्सरसँग लड्न सहयोग गर्छ । र प्यारालाइसिसको समस्यामा पनि यो लाभदायक छ । काँचो करेला खानाले यो रोगमा राम्रो फाइदा गर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्