बेलायती राजकुमारी मेगनले यौनकर्मीलाई केराको बोक्रामा यस्तो लेखेर दिइन्



लण्डन । बेलायती राजकुमार ह्यारीकी पत्नी मेगन मार्कल यही शुक्रबार आफ्ना पतिको साथमा साउथवेस्टस्थित ब्रिस्टोलमा एक आकस्मिक भ्रमण गरिन् । यौनकर्मी महिलाको उद्धारको लागि काम गर्ने ‘ट्वेन्टी फाइभ च्यारिटी’ नामको संस्थाको निम्तोमा त्यहाँ पुगेकी थिइन् ।

आजको अन्नपुर्ण पोष्ट दनिक्मा खबर छ – तर त्यहाँ पुग्दा उनले यौनकर्मी महिलाप्रति प्रकट गरेको मानवीय भावना र सहानुभुतिको अहिले चर्चा भइरहेको छ । च्यारिटीको लागि भइरहेको यस कार्यक्रममा मेगनले केही यौनकर्मी महिलालाई फलफूल समेत वितरण गरेकी थिइन् ।

यससँगै उनले यौनकर्मी महिलालाई आत्मवल बढाउन केही फलफूलमा हतार हतार सकारात्मक सन्देश लेखिन् । फलफूलका कार्टुन खोल्दै उनले त्यहाँ रहेका महिलासँग मार्कर मागिन् र सन्देश लेख्न थालिन् ।

यसबेला उनले यौनकर्मी महिलालाई वितरण गर्न राखिएका केराको बोक्रामा ‘तिमी शक्तिशाली छौ’, ‘तिमी मायालु छौ’ जस्ता वाक्य लेखेर सन्देश दिएकी थिइन् । रोचक त के भने मेगनले यस्तो लेखिरहँदा पुर्वयोजनाबाट लेखिए झैँ लाग्दैनथ्यो । उनले हतारमै मार्कर मागेर धेरै नसोचिकनै लेख्दा त्यहाँ उपस्थित सबै दंग परेका थिए ।

मेगनको यस्तो कामपछि संस्था च्यारिटीले भने राजकुमार जोडीलाई धन्यवाद दिएको थियो । संस्थाका अधिकारी साम काभेन्डरले ट्वीटरमा लेख्दै राजकुमार ह्यारी र उनकी पत्नी मेघनलाई ‘तपाईँहरु यहाँ आइदिँदा हामी धन्य छौँ’भनेका छन् ।

ब्रिस्टोलको अत्याधिक जाडो छिचोल्दै यौनकर्मी महिलालाई ढाडस् दिन यहाँ पुगेको राजकुमार जोडीको प्रसंसा अन्य थुप्रैले गरेका छन् । अमेरिकी पूर्व अभिनेत्री समेत रहेकी मेगन यसअघि पनि प्रेरणादायी कार्यक्रमबाट चर्चामा छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्