मृत्युको मुखमा भुपेश, उनलाई कसले दिन्छ होला नयाँ जीवन ? (भिडियो सहित)



बलराम बुढाथोकी,
जीवन अमूल्य छ । एक पटक पाइएको जीवन सबैलाई उदाहरणीय बनाउन मन लाग्छ । तर कसको जीवनमा कुन बेला के हुन्छ त्यो कसैलाई थाहा हुँदैन् । रोग व्यधाले धनी र गरिब जो सुकैलाई पनि आक्रमण गर्न सक्छ ।

तर गरिबलाई घर परिवार र छोराछोरी पालन पोषण गर्न धौ धौ परेको बेला एक्कासी रोगले च्यापो भने घर परिवारको र छोराछोरीको बिल्लिबाठ हुने नै भयो । त्यो भन्दा पनि दिन दिनै अस्पताल धाईराख्नु पर्ने र जहिल्यौ पनि खर्च हुने हुँदा कहाँबाट पैसाको व्यवस्था गर्ने भन्ने ठूलो संकट आइपर्छ ।
त्यस्तै पूर्वी रुकुमका एक युवा भुपेशनाथ योगी बोनम्यारो रोगले थलिएका छन् । भुपेशनाथले खेल क्षेत्रबाट र कलाकारिता क्षेत्रबाट देशलाई चिनाउने इच्छा राखेका थिए । तर अहिले उनको शरीरमा बग्ने रगत १ महिनामा फेर्नु पर्ने हुन्छ ।

भुपेशनाथलाई यस्तो रोगले थला पारेपछि उनकी श्रीमतीले पनि छोडेर गइन् । उनको उपचारको लागि धेरै खर्च भएको छ । उनलाई केही साथीहरुले सहयोग गरे तर उनको बोनम्यारो प्रत्यारोपण गर्नको लागि ४० लाख भन्दा बढी रकम चाहिने डाक्टरहरुको भनाइ छ ।

अहिलेसम्म उनको उपचारको लागि १५ लाख भन्दा बढी खर्च भएको छ । अब उनलाई बचाउनको लागि अब ४० लाखको आवश्यकता पर्दछ । विदेशमा भएका एक साथीले एक महिनामा फेर्ने रगतको व्यवस्था गरिदिएका छन् ।

उनलाई सहयोग गर्न चाहानु हुने र उसँग सिधा सम्पर्क गर्नको लागि मोबाईल नम्बरहरु ९८१२८६३४४५, ९८६६९३११७९ रहेका छन् । सहयोगी मनहरुलाई सहयोगको लागि एन.आई.सी. एशिया बैंको खाता नं. १७८७६५५००७५२४००१ रहेको छ ।
उनै बोनम्यारो रोगले थलिएका र जीवनमा पीडा नै पीडा भरिएका भुपेशनाथसँग साथी ध्रुब (कमेडी) पुनले उनको रोगबारे कुरा गरेका छन् । हेर्नुहोस् भिडियो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्