व्यायाम गर्न जानुअघि यी कुरामा ध्यान दिनुहोस्



स्वस्थ रहन शारीरिक व्यायाम अत्यावश्यक छ । तर, सहरमा बस्ती बाक्लिएको छ । निवासवरपर सामान्य व्यायाम गर्नसमेत ठाउँको अभाव छ । यस्तै, कारणले हिजोआज मानिस एक्सरसाइज गर्न भन्दै व्यायाम केन्द्रतिर धाउने गर्छन् । यसर्थ, उनीहरूको सहजताका लागि केही टिप्स् :

– व्यायाम केन्द्रबारे राम्रोसँग जानकारी लिनुपर्छ । त्यो दर्ता भएको छ÷छैन, दक्ष प्रशिक्षक छन्÷छैनन् जस्ता विषयमा ध्यान दिनुपर्छ ।
– व्यायामका क्रममा सहज पहिरन र जुत्ताको छनोट गर्नुपर्छ ।


– पसिना सोस्ने फेब्रिक प्रयोग गर्दा राम्रो हुन्छ ।
– जुम्बा जानुअघि खाना खानुहुँदैन । एक–दुई घन्टाअघि हल्का केही खाँदा भने असर पर्दैन ।
– जुम्बा गर्नुअघि टन्न पानी पिउने गल्ती पनि गर्नुहुँदैन । तर, जुम्बा गरिरहँदा भने डिहाइड्रेसनबाट जोगिन थोरै–थोरै पानी पिउँदा राम्रो हुन्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्