अवैध औषधि पसल खोल्ने भारतीय नागरिक पक्राउ



झापा । सीमावर्ती बजारमा अवैध रुपमा औषधि पसल खोलेर नेपाली बिरामी जाँच्ने एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहारस्थित किशनगञ्ज जिल्ला राजाग्राम बस्ने ३२ वर्षीय सागर सिंह रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार सिंहले दक्षिणी झापाको कचनकवल गाउँपालिका २ पथरीया बजारमा औषधि व्यवस्था विभागको अनुमतिपत्र बिना औषधि पसल खोलेका थिए।

उनले भारतबाट अवैध रूपमा औषधि ल्याउनुका साथै नेपाली बिरामी जाँचेर बिक्रीवितरण गर्दै आइरहेको गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।

पक्राउ गरिएको भारतीय नागरिक सिंहलाई आवश्यक कारबाहीका लागि विराटनगरस्थित औषधि व्यवस्था विभाग पठाइसकेको जनाइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्