३ बर्षिया बालिका बलात्कृत



धनवीर दाहाल,रुकुम ।
रुकुम पुर्वको रुकुमकोटमा साढे ३ बर्षकी बालिका बलात्कृत भएकी छन् । शोमबार दिउँसो १ बजेतिर साढे ३ बर्षकी बालिकालाई ३१ बर्षका एक युवकले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार गर्ने क्रममा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले प्रहरीलाई खवर गरेपछि बलात्कार गर्ने सिस्ने गाँउपालिका ५ का ३१ बर्षका भरत गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

अन्य साथीभाइसँगै बसिरहेका गौतम पिसाव गर्न भन्दै हिडेका थिए । गौतम हिडेकै ठाउँतिर बालिका रोएको सुनेपछि उनीहरु हेर्न जाँदा आपत्तिजनक अवस्थामा भेटाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऐनबहादुर मल्लले बताउनुभयो ।

अभियुक्त गौतम र बालिकालाई स्वास्थ्य परीक्षणका लागि रुकुम पश्चिमको जिल्ला अस्पताल सल्ले पठाइएको मल्लले जानकारी दिनुभयो । बालिकाको अवस्था सामान्य जस्तो देखिएको भएपनि अस्पतालको रिपोेर्ट नआएसम्म केही भन्न नमिल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्