गाडी राेकेर प्रधानमन्त्री कसरत गर्न सडकमा निस्किए



आइतबार इथियोपियाको राजधानी अदिस अबाबाले तेस्रो  ‘कार फ्री डे’ मनाएको छ। शहरभरी कतै पनि गाडी गुडेनन्। प्रधानमन्त्री एबी अहमेद आफैं कसरत गर्न सडकमा निस्किए।

उनीसँगै अधिकांश शहरबासी गाडी थन्क्याएर सडकमा निस्किए। शहरका सबै सडकमा मानिसहरु सामूहिक रुपमा कसरत गरिरहेको दृश्य देखिन्थ्यो भने कतै बालबालिकाहरु खेलिरहेका थिए। कतै मानिसहरु सडकमा भेला भएर कुरा गरिरहेका थिए। इथियोपियाको अन्य शहरमा पनि ‘कार फ्री डे’ मनाइएको छ

 

प्रदुषण कम गर्न र स्वस्थ्य जीवनशैली विकास गर्न महिनाको एक दिन सबै किसिमका सवारीसाधन बन्द गर्ने गरेको छ। हरेक महिनाको पहिलो आइतबार इथियोपियामा ‘कार फ्री डे’ मनाउने गरिएको छ।

एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्