रेस्टुरेन्ट छनोट गर्दा यी कुरामा ध्यान दिऔं



रेस्टुरेन्टमा खाना/खाजा खाने वा पार्टी गर्ने नेपालीको संख्या पछिल्लो समय बढ्दो छ । खासगरी, काठमाडौंजस्ता सहरमा धेरै रेस्टुरेन्ट खुलिसके । यसकारण पनि राम्रा रेस्टुरेन्ट छनोट गर्न अनिवार्य छ । जुन पायो त्यही रेस्टुरेन्टमा खाना खाँदा स्वास्थ्यमा गम्भीर असरसमेत पर्न सक्छ ।

 

-कतिपय रेस्टुरेन्टमा अस्वस्थकर खाद्यपदार्थ, बढी चिल्लो र बासीसमेत हुन सक्छ । जसले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउँछ । त्यसैले विचार गरेर मात्र रेस्टुरेन्ट प्रवेश गर्नुपर्छ । त्यसका लागि पनि रेस्टुरेन्ट छनोटमा विशेष ध्यान दिन आवश्यक हुन्छ ।
-रिेस्टुरेन्टमा बन्ने अधिकांश खाद्यपदार्थमा मिसावट हुन्छ । त्यसैले अर्गानिक प्रडक्ट बनाउने रेस्टुरेन्टमा खाने बानीले स्वास्थ्यमा हुने हानिबाट बच्न सकिन्छ ।
-रेस्टुरेन्टमा खानुहुन्छ भने सबैभन्दा बढी ध्यान त्यहाँको सरसफाइ र पानीमा दिनुपर्छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्