३३ किलो सुनका मालिक र सनम हत्या मुद्दाका फरार मुख्य अभियुक्त पक्राउ



काठमाडौं,  साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका फरार एक मुख्य अभियुक्त हरिशरण खड्का दुबईमा पक्राउ परेका छन् । नेपाल प्रहरीको आग्रहमा संयुक्त अरब इमिरेट्स (युएई)को प्रहरीले उनलाई पक्राउ गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

खड्कालाई नेपाल ल्याउन प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बताए । उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेडकर्नर नोटिस जारी गरेको थियो । सोही नोटिसका आधारमा खड्का दुई साताअघि पक्राउ परेका हुन् ।

गृह मन्त्रालयले गठन गरेको विशेष अनुसन्धान टोलीका अनुसार उनी विगत पाँच वर्षदेखि विमानस्थलबाट सुन तस्करी गर्ने गिरोहका मुख्य लगानीकर्ता हुन् । उनी दुबईमा बसेर सुन नेपाल पठाउने काम गर्दै आएका थिए । १८ फागुन ०७४ मा तस्करीको सुन लुकाएको आरोपमा मोरङ उर्लाबारीका सनम शाक्यको तस्कर समूहले हत्या गरेको थियो । हत्या गर्ने समूहबाटै सूचना पाएपछि महानगरीय अपराध महाशाखाको टोलीले गाडीमा सनमको शव बरामद गरेको थियो । प्रहरीले मुख्य अभियुक्तलाई जोगाउने गरी अनुसन्धान गरेको उजुरी परेपछि प्रधान कार्यालयले तत्कालीन डिआइजी पुष्कलराज रेग्मीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

यो पनि पढ्नुहोस् :‘भटमास’यस्तो खतरनाक रोगबाट बचाउछ जानीराखौ

यो पनि पढ्नुहोस् :अल्सर रोगका हुन्छन यस्ता लक्षण, बेलैमा ध्यान पुर्याउनुहोस्

प्रारम्भिक अनुसन्धानमै हराएको साढे ३३ किलो सुन विमानस्थलबाट तस्करी भएको र ठूलो समूह संलग्न रहेको देखिएपछि सरकारले संगठित अपराध ऐनअनुसार १८ चैतमा सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा ‘विशेष अनुसन्धान टोली’ गठन गरेको थियो । अनुसन्धानका क्रममा विमानस्थलका कर्मचारी र प्रहरीकै मिलेमतोमा पाँच वर्षदेखि ठूलो मात्रामा सुन तस्करी भइरहेको तथ्य खुलेको थियो । जसमा प्रहरीको समेत मिलेमतो खुलेको थियो । तस्करी र हत्या घटनामा मुख्य अभियुक्तलाई सघाएको खुलेपछि नौ प्रहरीलाई पक्राउ गरी मुद्दा दायर भएको थियो ।

उप्रेतीलाई पनि ल्याउने तयारी

साढे ३३ केजी सुन तस्करी मुद्दामै दुबईमा पक्राउ रमेश उप्रेतीलाई पनि नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीले जनाएको छ । निष्कासनका लागि त्यहाँको मन्त्रालयबाट निर्णय भइसकेको छैन । ६ महिनाअघि नै उनी पक्राउ परेका थिए । रमेश र हरिशरण खड्का दुवैलाई नेपाल ल्याउन आवश्यक प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशीले बताए । सोही मुद्दामा फरार रहेका व्यापारी बेनु श्रेष्ठलाई प्रहरीले २८ असोजमा दुबईबाट नेपाल ल्याएको थियो । उनलाई युएई प्रहरीले पक्राउ गरी नेपाल पठाइदिएको थियो ।

यो पनि पढ्नुहोस् :महिला बढि उत्तेजित कुन बेला हुन्छन् ?

यो पनि पढ्नुहोस् :कुन अंग स्पर्स गर्दा महिलाहरुमा यौन उत्तेजना पैदा हुन्छ ? पढ्नुहोस्

जो फरार छन्

यो मुद्दामा रेडकर्नर नोटिस जारी भएका अन्य व्यक्तिहरू भने फरार छन् । झापा गौरादह नगरपालिका–१८ का भोजराज भण्डारी, काठमाडौं महानगरपालिका–९ का चेतनाथ भण्डारी, सिरहा धनगढीमाई नगरपालिका–१२ का रोहित आचार्य, सोलुखुम्बु दूधकुण्ड गाउँपालिका–८ का टुकबहादुर मगर, धरान उपमहानगरपालिका–२ का कृष्ण बस्नेतविरुद्ध रेडकर्नर नोटिस जारी भएकोमा पक्राउ परेका छैनन् । त्यस्तै, धरान उपमहानगरपालिका–३ का मोहनकुमार अग्रवाल, झापा शिवसतासी नगरपालिका–६ का कृष्णगोपाल अग्रवाल, झापा मेचीनगर नगरपालिका–१३ का मोहम्मद उस्ताम मियाँविरुद्ध ‘रेडकर्नर नोटिस’ जारी भएको थियो । फरार अभियुक्तद्वय प्रयास पराजुली र सन्दीप खड्काविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी भएको छ ।

कामदारबाट करोडपति

काभ्रे चलाल गणेशस्थान घर भएका हरिशरण खड्का सात वर्षअघिसम्म दुबईस्थित एक कम्पनीमा मजदुरी गर्थे । दुबईमा सुन तस्करी गर्दै आएका रामकिसन अग्रवाल र चूडामणि उप्रेती ‘गोरे’को समूहसँग चिनजान भएपछि उनी पनि त्यही धन्दामा लागे । सुरुमा भरियाका रूपमा सुन ओसारपसार गरे । केही समयमै सुन तस्करीको सेटिङ बुझेका उनी करोडौँ कमाइने सम्भावना देखेपछि आफू पनि तस्करीमा लागेका थिए ।

एयरपोर्ट भन्सारका कर्मचारीसँग अग्रवाल समूहको पहिलेदेखि नै सेटिङ थियो, त्यही सेटिङलाई प्रयोग गरी खड्काले तस्करी सुरु गरेका हुन् । तीन वर्षमै उनले करोडौँको सम्पत्ति जोडिसकेका छन् । उनले दुबईमा याक एन्ड यती नेपाली रेस्टुरेन्ट, याक एन्ड यती सुन पसल तथा बागमती ट्रेडिङलगायत कम्पनी सञ्चालन गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्