काठमाण्डौमा फेरी टिपर आतंक टिपरको ठक्करबाट श्याम बिकको मृत्यु



 

२३ माघ, काठमाडौं । काठमाडौंमा फेरि टिपर आतंक सुरु भएकाेे छ । गएराति टिपरले माेटरसाइकललाई ठक्कर दिँदा एककाे मृत्युु एक गम्भीर घाइते भएका छन । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–७, खहरेचोकमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको हाे ।

मृत्यु हुनेमा जुगल गाउँपालिका–४, सिन्धुपाल्चोकका श्याम विक रहेका छन् ।

दुर्घटनामा परी एक जना घाइते भएका छन् ।घायते हुनेमा निशान विक रहेका छन् विकको ट्रमा सेन्टरमै उपचार भैरहेको छ। ठक्कर दिने टिपरलाई प्रहरीले नियन्त्रणमा लिसकेको छ। तर टिपर चालक भने फरार छन्।

भक्तपुरको गोठाटार पुलबाट पेप्सीकोलातर्फ आउँदै गरेको बा ५ ख ८०८४ टिपरले बा ५४ प ७२६९ नम्बरको मोटरसाइकललाई खहरेमा ठक्कर दिएको थियो। ठक्कर पछि घाइते भएका दुवैलाई ट्रमा सेन्टर लागिएको थियो। उपचारको क्रममा विकको मृत्यु भएको महानगरीय ट्राफिक महाशाखाकाले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्