हातले टेकेर हिड्ने ऋषिले गिनीज बुकमा नाम लेखाउदै (भिडीयो सहित)



तुलसीपुर ३ रानागाउँका ऋषि परियार एक अदभुत क्षमता भएका युवा हुन। हिजो आज मानिस हिँड्न धेरै अल्छि मान्छ । थोरै दुरी पार गर्न पनि मानिसले सवारी साधन प्रयोग गरेको देखिन्छ ।

खुट्टाले टेकेर हिँड्ने प्राकृतिक नियम हो । तर हातले टेकेर हिँड्ने अप्राकृतिक र धेरै कठीन काम हो ।हातले टेकेर २ किलोमिटर हिड्ने नेपाली युवा ।गिनिज बुकमा नाम लेखाउने सपना र उद्धेश्य लिएर हिडेका उनी हातले टेकेर हिडेर उनले यहि चैत्र एक गते नाम पनि लेखाउदै छन।

उनले काठमाण्डौमा रहेको स्वयुम्भु मन्दिर देखि तल रोड सम्म हातले टेकेर भ¥याङ झरेका छन। उनले अनुभब सुनाउदै भने ‘मैले सपना देखेको थिएं, हातले टेकेर हिडेर किर्तिमान बनाउँछु, आफू सँगै गाउँ समाज अनि देशलाई विश्व सामु चिनाउँछु, हातले लामो दुरी पार गरेर गीनिज बुकमा नाम लेखाउने मेरो सपना थियो अब पुरा हुदैछ र यसमा सहयोग गरीदिन पनि सबै सामु आग्रह गरेका छन

। लामो दुरी पार गरेर गीनिज बुकमा नाम लेखाएर विश्वसामु चिनाउने सपना बोकेका ऋषिले आफ्नो अभियानमा सबै पक्षको सहयोग हुने आशा राखेका छन् ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्