हाम्रो टाउकाको मूल्य तोक्ने र संकटकाल अनुमोदन गर्ने दलाल लाई जनयुद्ध दिवस मनाउने अधिकार कस्ले दियो



नेपाली जनताको मुक्ती र नेपाल राष्ट्र को स्वाधीनता को निम्ति अर्थात राष्ट्रियता जनतन्त्र जनजिविका को निम्ति तत्कालीन देउवा सरकार लाई ४० सुत्रीय माग राखी माग पूरा गने अल्टिमेटम दिएइएको थियो तर देउवा सरकारले ती माग लाइ वयवस्था गर्यो कुनै सुनुवाइ नगरे पछि २०५२ साल फाल्गुन १ गते तत्कालीन नेकपा माओवादी ले महान जनयुद्ध को घोषणा गरि सशस्त्र संघर्ष को बाटो लियो जनयुद्ध निरन्तर विकास हुँदै व्यापक जनसमर्थन जुटाउदै अगाडि बढे पछि दरबार हत्याकान्ड लगतै तत्कालीन नेकपा माओवादी लाई आतंककारी घोषणा गरि तत्कालीन उच्च नेतृत्व को टाउकाको मुल्य निर्धारण गरि अर्थात टाउको काटेर ल्याउने लाई ५० लाख सम्म दिने घोषणा भयो

तेति मात्र होइन संकटकाल लगाएर चरम दमन मा जाने तत्कालीन सरकार को प्रस्ताव लाई तत्कालीन एमाले ले उच्च संमानका साथ पारित मात्रै गरेन नेकपा माओवादी का नेताकार्यकर्ता को सुराकी गरि हत्या गराउन आन्तरिक रुपमा सर्कुलर नै जारी गर्ने नेकपा एमालेले होइन अनि जनयुद्धको सम्पुर्ण मूल्य मान्यता मात्रै होइन माओवाद नै परित्याग गरि मनद भन्डारिको जबज लाई स्वीकार गरि एमालेमा आत्मसमर्पण गरेका लाल गद्दार हरु र राजालाइ दाम चडाएर ढोक्ने हरुले २४ औं जनयुद्ध दिवस मनाउने अधिकार यी पुर्व एमाले र गद्दार तथा आत्मसमर्पणवादी दलाल लाई कस्ले दियो के अझै सम्म उनिहरु लाई जनयुद्ध दिवस मनाउने अधिकार् छत?

यो आजको बहस को विषय हो पक्कै पनि राजनीतिक र सैद्धान्तिक हिसाब ले एमाले लाई जनयुद्ध मनाउने कुनै अधिकार छैन किन कि जनयुद्ध लाई सिध्याउन दिलो ज्यान दिएर लाग्नेहरु लाई जनयुद्ध दिवस मनाउने हैसियत हुदैन त्यो हाम्रो लागि स्वीकार्य हुन सक्दैन जनयुद्ध मा लगानी हुने र जनयुद्ध का सपना लक्ष्य प्राप्ति को निम्ति निरन्तर संघर्ष गर्ने बाहेक अरु कसैलाई पनि जनयुद्ध मनाउने अधिकार छैन !

जनयुद्ध दिवस भट्टी पसल मा मनाउने कुरा होइन नत कुनै महल मा बसेर मनाउने कुरा हो यो संघर्ष को मैदानमा जनताको झुपडीमा बनाउने कुरा हो तसर्थ सुकुम्बासी बस्तीमा डोजर र प्रहरी लाउने दलाल हरुले जनयुद्ध दिवस मनाउन मिल्दैन र भ्रष्ट दलाल कमिसन खोर कालाबजारी राष्ट्रघाती विदेशी एजेन्ड हरुले जनयुद्ध दिवस मनाउनु भनेको जनयुद्धको मुल्य मर्यादा गरिमा उदस्य माथी बलात्कार गर्नु

तसर्थ हामी जनयुद्धका हिमायती हरु लाई गद्दार कायर हत्यारा बलात्कारि घुस खोर हरुले हाम्रै टाउको मुल्य तोक्ने हरुले हाम्रो सेना लाई आतंककारी सेना भन्ने हरुले हामीले जनयुद्धमा बगाएको रगत लाई महिला हरु महिनावारी हुदा बगेको रगत जस्तै हो भन्ने हरुले म फेरि पनि भन्छ तिनीहरु लाई जनयुद्ध मनाउने अधिकार कस्ले दियो र यो हाम्रो लागि स्वीकार्य कदापि हुन सक्दैन ।

समर्पण भट्टराई पुर्व जनमुक्ति सेना नेपाल

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्