नेपाली चलचित्र ‘पर्शुराम’को पहिलो गीत सार्बजनिक ! (भिडियो )



नेपाली कथानक चलचित्र ‘पर्शुराम’को एक इशारा बोलको गीत सार्बजनिक भएको छ।

टंक बुढाथोकी र मिलन अमात्यको आवाज रहेको यो गीतमा अमृता नेपालको शब्द रहेको छ भने टंक बुढाथोकीकै संगीत रहेको छ ।

फिल्म जान्वी बस्नेत, किशोर खतिवडा लगाएतको अभिनय रहेको छ । ‘पर्शुराम’लाइ बल्याक चिल्लीले प्रोडक्शन गरेको छ भने महेन्द्र बुढाथोकी, खड्ग बुढाथोकी, राज भक्त राना, पारश बस्नेत र यादव सैघालीको लगानी रहेको छ ।

यस फिल्मका कलाकारहरु स्वस्ती क्षेत्री, नबराज रावत, सुसील पोख्रेल रहेका छन् भने कृष्ण श्रेष्ठ को छायाँकन, कमल राई क्यामराम्यान रहेका छन् ।

चलचित्र पर्शुराम नेपालको रमणीय ठाँउ बुटवल, दाङ, चितवनको सौराह लगाएत पोखराको विभिन्न चर्चीत पर्यटकीय स्थलहरुमा छाँयाकंन गरिएको छ ।

‘जय पर्शुराम’सँग फिल्मको नाम तीन पटकसम्म जुधेपछि रिलिज नभएको यो फिल्मको ट्रेलर चाडै नै सार्बजनिक हुने कार्यकारी निर्माता सबिन प्रियासनले जानकारी दिनुभएको छ ।

https://www.youtube.com/watch?v=YsXUN2TDpmI

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्