सृष्टि परिचालनका मुख्य आविस्कारक दलित समुदायको बुलन्द आवाज



 

देशलाई विखण्डन बनाउने समाजिक कलंक को रुपमा जरो गाडेर रहेको देश कै महत्त्वपूर्ण समस्या दलित समस्या हो ,जाती कै नाममा दलित समुदायहरु माथी गरिने जातीय छुवाछूत तथा विभेद सामन्ती राज्य सत्ताबाटै चाहे जङ्ग बहादुर होस वा पृथ्वीनारायण होस वा राम शाह होस वा जयस्थिती मल्लले होस त्यतिबेलाका प्रत्येक कचहरीमा प्रशासन तैनाथ गरि इमानदार,मेहनेती ,शिप कलामा प्रखर बैज्ञानिक कार्य सम्पादक सिङ्गो समुदायलाइ जबर्जस्ति दबाब दिदै शिक्षा ,सम्पत्ति र आफ्नो हक अधिकार बाट बन्चित गराउदै अछुत को बिल्ला भिराइयो , मानव मानव बिचमा दानव रुपि ब्यवहार गर्ने सामाजिक सस्कारको
ब्यवस्था लागू गरियो यथार्थमा ठिक त्यसैगरी नयाँ विधेयक पारित गर्दै ग्रासलेवलबाटै प्रत्येक वडा कार्यालयमा प्रशासन तैनाथ गरि अभियान कै रुपमा जन चेतना मुलक कार्यक्रम सगै देश भरिका सरकारी र प्राइभेट सबैस्कुलहरुमा अनिवार्य प्रा बि स्तर बाटै शिक्षा मै मानव मानव बिच सार्वजनिक वा निजि स्थानमा जातीय विभेद तथा छुवाछूत जस्तो जघन्य सामाजिक अपराध नगर्न र नगराउन सचेत गराउदै यी वा यस्ता कार्य कर्ने र गराउने दुबैलाइ दण्ड सजाय हुन्छ भन्ने पाठ्यक्रम मै समावेश गर्दै,हरेक राजनीतिक दलमा जातीय छुवाछूत तथा विभेद बारे मुख्य एजेन्डाको रुपमा स्कुलिङ्ग चलाउदै सबै तह र तप्काबाट कडा दबाब सहित राज्यबाट दण्ड सजाय दिदै जातिय छुवाछूत तथा सबै खाले विभेद लाइ सामाजिक सस्कारकै रुपमा अन्त्य गर्ने ब्यवथा जबर्जस्ति लागू गर्दै पटकपटक जातीय विभेद गर्ने गराउने जो कोहिलाइ समाज बाटै बाहिसकार गर्ने नितिलाइ केही समयको लागि परिचालन गर्न गराउन सकियो भने करिबकरिब छ ।

 

(ज्ञण् वर्ष भित्र सबै विभेद को अन्त्य हुनेमा विश्वास गर्न सकिन्छ राज्यको इच्छाशक्ति हुन पर्यो तर दुखको कुरा यस्तो सामाजिक जघन्य अपराध जस्तो कलंक को रुपमा रहेको जातीय विभेद तथा छुवाछूत प्रथालाई कुनै पनि राजनीतिक दलले आफ्ना एजेन्डा को रुपमा कार्यकर्तालाई जिम्मेवार बनाउनेतर्फ केन्द्रित हुन सकेनन भने राज्यको कार्यपालिका ,न्यायपालिका र राज्यसत्ताको वरिपरिका कर्मचारी लगायत सम्पुर्ण राज्यबाट प्राप्त सेवा सुविधा र कानुन परिचालन गर्ने गराउने सबै तह र तप्कामा ब्राह्मणवादकै सर्वस्व छ , एउटै जातीको हालीमुहाली भएको कारण पनि दलित समुदायको मुद्दा लिन इन्कार गर्ने,उल्टै दलित समुदायलाई हप्काइ दप्काइ गरेर पठाउने,उजुरी नै नलिने,कति ठाउँमा पिटेरै पठाउने र कानुनी कार्वाही मै विभेद मुलक ब्यवहार गर्ने ,उच्च भनौदा जाति वा ब्राह्मण समुदायलाई भ्रष्ट भए पनि सपोर्ट गर्ने तर दलित समुदायलाइ सौतेनी ब्यवहार गर्ने सरकारि कर्मचारीलाई तत्काल कटौती गरि नितान्त दलित समुदायको मुद्दा हेर्न करिब १०( १५ सालको लागि एउटा छुट्टै दलित अदालत सरहको मान्यता दिइ छुट्टै निकाएको ब्यवस्थापन गरियोस् अनिमात्र गरिब दलित समुदायहरुको मुद्दा मामिलामा सहज हुन सक्छ अन्यथा कागजी रुपमा कानुन बन्दै जाने कानुन बनाउने देखि ,राज्य को हरेक तह र तप्काका नेतृत्व ,राजनीतिक दलका नेतृत्वहरु,धर्मका नेतृत्व सम्पुर्ण दैनिक कामकारबाही परिचालन गर्ने गराउने थलोमा उनै ब्राह्मणवादको हालीमुहाली छ जबसम्म एकल जातीय अहंकार वादी कलंकको रुपमा रहेको सामाजिक सस्कारको अन्त्य हुदैन कहि कतै बाट पुन झ्याङ्गिदै जानेछ ।

समाजमा सधै जस्तो कुटपिट र काटमार झैझगडा भैरहनेछ पुनः देश गृह युद्धमा फस्नेछ तसर्थ दुइतिहाइको कम्युनिस्ट सरकारले चाहेमा दलित समुदायको बर्गिय मुद्दा तथा सामाजिक जघन्य अपराधिक सस्कारको अन्त्य गर्न सक्छ , घरबारविहीन जन्तालाइ भुमि र बासको ब्यवस्थापन गर्दै ,उत्पीडित तथा दलित समुदायलाई राज्यको हरेक तह र तप्कामा आर्थिक ,राजनीतिक ,प्रशासनिक,सामाजिक सास्कृतिक रुपमा सम्पन्न बनाउनेतर्फ केन्द्रित हुन सक्नुपर्छ ।

कम्तीमा उत्पीडित तथा दलित समुदायलाई मेरो देश प्राण भन्दा प्यारो छ भन्न मन लाग्ने आत्मै देखि समाजमा समानता मिलेको महशुस गराइयोस। देशका हरेक सरकारी सेवा युक्त क्षेत्रहरु,यातायात ब्यवस्थापन लगायत विमानस्थलको भन्सार थलोलाइ घुसपैठ तथा भ्रष्टाचार गर्ने थलो नभै जन्ताको उच्च सुरक्षा ,सेवा सुविधा युक्त ,श्रमिक र मजदुरमैत्री बनाउन सरकारलाई अवसर मिलेकोछ यस्तो अवसर फेरीफेरी विरलै मिल्नेछन तसर्थ जन्ताले दिएको अवसरलाई सरकारले हिम्मत गरेर सदुपयोग गर्नैपर्ने हुन्छ ।

अन्यथा उत्पीडित तथा दलित समुदायले कम्युनिस्ट सरकारलाई भोलिका दिनहरुमा भोट त परको कुरा हो चुनावका सेरोफेरोमा कहिकतै साथ सहयोग दिने अवस्था रहदैन ,यो महत्त्वपूर्ण समय र अवसरमा सबै जिम्मेवार पार्टी सदस्यहरु र उच्चस्तरीय नेतृत्वहरुलाई ध्यानाकर्षण गराउन चाहन्छु ।
अन्तमा ,
नेपाली समाज र राज्य सरकारले दलित समुदायको कला,क्षमता र सीपको सम्मान गर्ने मौका दिएनन् मात्र उनीहरुको योगदान र इतिहासलाई निराशमा परिणत गर्न चारैतिरबाट अनुलन्दनिय श्रममा सिमित राखी घेराबन्दी गरियो तथापि, दलित समुदायको योगदान र इतिहासको प्रमाणलाई इन्द्रेको बाउ चन्द्रेले पनि मेटाउन सक्दैन ।

देशको इतिहासमा सबैभन्दा उच्च प्राविधिक,बैज्ञानिक कार्य गर्ने दक्ष क्षमता र रचनात्मकतालाई मारेर,निरुत्साहित गरेर राष्ट्रको विकास हुदैन , सृष्टिलाई परिचालन गर्ने श्रोत साधनको आविस्कार गर्ने समुदायको उचित आदरको साथ, सम्मन गर्दै प्रोत्साहन दिएर मात्र नेपाली राष्ट्रको विकास,समृद्धि र नेपाली जनताको भविष्य उज्ज्वल देखिन्छ।

अन्यथा, दलित समुदायको अपमान गरेर,सामान्तहरुलाइ क्षणिक सफलता भए पनि, इतिहास देखिको पीडा,सामाजिक अपराध र भोगाइ पुर्खाको विद्रोह को इतिहास कुनै माइकलालले रोक्न सक्दैन। तसर्थ दलित समुदायहरुलाइ अपमानित नगर्नुहोस्, उनीहरूको इतिहास र अतुलनीय योगदानको आदर ,कदर र सम्मान गर्ने गराउने तर्फ सम्पुर्ण नेपालीको ध्यान केन्द्रित होस। धन्यवाद ।

खडक बहादुर सार्की
सस्थापक ,अध्यक्ष
दलित एकता संजाल नेपाल

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्