बुलबुल को पोष्टर च्यात्दै प्रहरी



६ फागुन, काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र बुलबुलको पोस्टरमा रक्सीको एउटा ब्रान्डको प्रचार गरेको गुनासो आएपछि प्रहरीले राजधानीका विभिन्न स्थानमा टाँसिएका पोस्टर हटाउन निर्देशन दिएको छ ।

कानूनतः मदिराको विज्ञान गर्न नपाइने भन्दै काठमाडौं प्रहरी परिसर, टेकुले पोस्टर हटाउन निर्देशन दिएको हो । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार आइतबार चलचित्रका निर्देशक विनोद पौडेल र प्रोड्यूसर अविरल थापालाई बोलाएर पोस्टर हटाउन भनिएको हो ।

परिसरमा भएको छलफलपछि निर्माण पक्षले पोस्टर हटाउने प्रतिबद्धता समेत जनाएको प्रहरीको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्