हातले टेकी उल्टो दौडेर गिनिज बुकमा नाम लेखाउने तयारीमा ऋषि परियार ,



 

सरु सुनार काठमाडौ ,, सुन्दा हामी कसैलाई पनि अचम्म लाग्छ कसरी सम्भब छ ? कसैले सक्छन् त ? कसरी सम्भब हुन्छ होला ? कि दुई हातले जमिनमा टेकि दुबै खुट्टा सिधै माथी तिर ठडाएर हिड्न ? यो सामान्य विषय नै होइन तर असम्भव पनि होइन यदि इच्छा शक्ति भयो भने असम्भब भन्ने केही पनि हुदोरहेछ भन्नी कुरा ऋषि परियारले प्रमाणीत गरिदिएका छन् ।

मिति २०४८-१-३ गते दाङ तुल्सिपुर वडा न. ३ रानागाउमा जन्मिएका परियार सानै देखि फरक स्वभावका थिए निम्न बर्गिय परिवारमा जन्मिए पनि बाल्यकाल राम्रै सित बित्यो , खेलप्रती असाध्यै रुचि राख्ने , ज्यामनेस्टिक, कपर्डि , दौड उनको निकै रुचिको खेल थियोे , आकाशमा उडेको जहाज हेरेर धेरै कुरा सोच्थे कसरी सम्भब होला उडाउन  ??

एक दिन डौडिदै गर्दा उल्टो दौडिन सकिन्छ कि सकिँदैन भनी कोसिस गरे दुबै हातले जमिनमा टेकेर आफ्नो दुबै खुट्टा सिधै माथी आकासतिर फर्काएर हिड्न सुरु गरे ,, दिनहुँ जस्तो उल्टो हिडदा उनको बानी पर्न थाल्यो , घर आगन , बाटो बारीमा उल्टो हिडदा सबैले जिस्काउन थाले , लौ पागल पो भयो कि क्या हो भनी मजाक उडाउन पनि पछि परेनन् गाउँ समाजका देख्ने मानिसहरु । तर पनि ऋषि आफ्नो अनौठो कला र मेहनतलाई निरन्तरता दिइनै रहे ।

लामो समय उनको यो कला र साहसको अनौठो हिडाइ मिडियाको नजर पर्नै सकेन । एककान दुइकान हुँदै समदर्शी युवा क्लब  दाङको नजर पर्न गयो पहिलोपटक २०७३ सालमा क्लबले उनको अनौठो उल्टो हिडाइलाइ एउटा कार्यक्रम गरि बाहिर सबै सामु ल्याइदियो ! जतिबेला सल्यान रोडमा २ किलोमीटर हातले टेकेर हिंड्न् सफल भए । हेर्ने जमातको एउटा भिड र धेरै मिडियाको आखामा पनि पर्न थाले धेरै सस्था र ब्यक्तिले उनको साहसी कदम र इच्छा शक्तिको शक्तिको संमान पनि गरे !!

नेपालमा आफुजस्तो हातले टेकेर हिडने कोहि नभएको र आफू पहिलो ब्यक्ती भएको हुदा पनि ऋषिले आफ्नो अनौठो कलालाई बिश्वसामु पुराउने र नेपालको तर्फबाट गिनिजबुकमा नाम लेखाउन पाए नेपालको नाम बिस्वमा  एउटा रेकर्ड बुकमा लेखिने थियोे भनी एउटा अठोट गरे गिनिज बुकमा नाम लेखाउन , ।। तर सहज थिएन उनको लागि यो यात्रा तर पनि निरन्तर आफ्नो चाहनामा अडिक भएर लागिरहे , आजसम्म कुनै ट्रेनिङ , कलास , प्रशिक्षण नलिएका ऋषिले भन्छन् यो मेरो god gift हो , मन देखि इच्छा शक्ति भए असम्भव केही छैन ।

गुगलमा सर्च गर्न थाले कि आफ्नो जस्तै हातले टेकेर हिडने अरु देशको पनि छन् कि ?? खोज्दै जादा चाइनाले २०१६ मा २६.९ सेकेन्डमा ५० मिटर हातले टेकेर हिडि गिनिजबुकमा नाम लेखाएको रहेछ ,, ! ऋषिले अब चाइनाको यो रेकर्ड तोडि नेपालको नाम राख्छु भनी निर्णय गरि २०७५ साल असोजमा गिनिजबुकमा नाम लेखाउने सपना मन भरी बोकि काठमाडौ आए !! बिहान – बेलुका खाली चौरमा कसरत गरि स्वयभु आफ्नो बसेर नेपाललाई अर्को एउटा उपाधी थप्न कोसिसमा छन् ।

गिनिज बुकमा रेकर्ड राख्न अन्तिम तयारी भएको बताउँछन् परियार , गिनिजबुकको आधिकारिक प्रक्रिया लगभग पूरा भएको र उताबाट दिइएको मिती यहि चैत्र १ गते बताउछन् , तर आफ्नो घरको आर्थिक अबस्था निकै कमजोर भएको र आफू पनि यहि उद्देश्यलाई पूरा गर्न लागिपरेको हुदा बेरोजगारी छु , कसैको सपोट छैन समय नजिक आइसक्यो तर नेपाल सरकार , कुनै संघ संस्था र ब्यक्तिबाट पनि सहयोग नपाएकोमा निकै गुनासो पोखेका छन् ।

सैघाली खबरमा कुरा गर्दै ऋषिले आफ्नो यो क्षमता आजसम्म नेपालमा कसैसित पनि नभएको र आफ्नो देशको प्रतिनिधित्व गरि वोल्ड रेकर्ड राख्न लागेको हुदा’ ।

आफ्नो मात्र नभई   गिनिजबुकमा रेकर्ड रहने भनेको  देशको नाम रहनी हो , म एउटा कर्मठ युवा भएको हुदा आफ्नो देशको लागि देशलाई चिनाउन आफ्नो दाइत्व र जिम्मेवारी पनि हो , त्यसैले म नेपालको नाम यो बिधामा चाइनाको रेकर्ड तोडि मेरो देश नेपालको नाम राख्न चाहन्छु ।  अनुमानित  रकम ४,५ लाख लाग्ने भए पनि कोहि कतैबाट सहयोग पाएको छैन , आफुलाइ यो गौरबमय कामको लागि संघ संस्था र इच्छुक सहयोगी ब्यक्तिहरुकोले पनि सहयोग गरिदिनु भनी अनुरोध गरेका छन् ।

सहयोग गर्नु हुने सहयोगीहरुलाइ ऋषि परियार ; मोबाईल नम्वर. ९८६८६२७८९९

सैघाली खबर फोन नम्बर …९८०८२९५०६२

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्