बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ



दाङ । जिल्ला प्रहरी कार्यालय दाङले बालिकालाई करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । करिणी गरेको आरोपमा प्रहरीले घोराही उपमहानगरपालिका १८ अम्बापुर बस्ने ३१ बर्षीय सुनिल थापालाई पक्राउ गरिएको हो ।  थापाले मादक पदार्थ सेबन गरी एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले हिजो पक्राउ गरेको हो । पिडितको जाहेरीका आधारमा थापालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिनुभएको छ ।
केही दिन पहिले थापाले बालिकालाई जबरजस्ती करणी गरेको पिडित परिवारले जाहेरी दिएका थिए । थापाले ११ बर्षीय बालिकालाई करणी गरेको प्रहरीले जनाएको छ । थापालाई मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद १८ को दफा २१९ बमोजिम करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारवाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्