एनआरएन अमेरिकाको अध्यक्षमा उम्मेद्बारी घोषणा गर्ने तयारीमा संन्जय थापा



एनआरएन अमेरिका बोर्ड अफ डाइरेक्टर संजय थापा आगामी निर्वाचनका लागि अध्यक्ष पदमा आफ्नो प्रतिस्पर्धा सार्वजनिक गरेका छन् । मध्यमवर्गीय परिवारमा काठामाडौंको गोकर्णमा सन् १९६५ मा जन्मिएका सञ्जय थापाले अमृत क्याम्पसबाट आईएसी, पुल्चोक क्याम्पसबाट इन्जिनियरिङमा डिप्लोमा र भारतको मद्रास कलेज अफ इन्जिनियरिंग एण्ड टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका हुन् बिद्यार्थी राजनितीमा नेपाल र भारतमा अध्ययन गर्दै ताका देखी प्रभाव कायम गरेका उनि सन् २००६ मा बोस्टनमा भएको लाइन्स क्लबको कार्यक्रममा भाग लिन अमेरिका आएका उनि २००७ मा सिकागोमा भएको कार्यक्रममा सहभागी हुन अमेरिका आएपछि उनि १२ बर्षदेखी अमेरिकामा नै बसोबास गर्दै आएका छन् ।

अमेरिका आएको एकै बर्ष नवित्दै सन् २००८ मा अमेरिकामा रहेका नेपालीहरूको महत्वपूर्ण संथा युएनडीएफको माहासचिवको रूपमा काम गर्न थालेका थापा सन् २०१३ मा न्युयोर्कमा सम्पन्न प्रवासी नेपाली मञ्च (ओएनएफ) को प्रथम अधिवेसनबाट मञ्चको अध्यक्ष निर्वाचित भए । उनि प्रवासी नेपाली मञ्च अमेरिका भित्र प्रभावशाली व्यक्तिका रुपमा परिचित छन् । नेपालका भुकम्प पिडित सहयोग बाढि पिडित सहयोग, विकट क्षेत्रमा पुस्तकालय स्थापना, कमलरी विधार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग जस्ता सामाजिक काममा सक्रिए र नेपालमा आएको विनासकारी भुकम्प पछी अमेरिकामा रहेका कागज पत्र विहिन नेपालीहरुलाई TPS उपलव्ध गराउन नेपाल सरकार, नेपाली राजदुतलाई सकारात्मक वनाउन महत्वपुर्ण भुमिका निर्वाहा गरेका कारण करिव १४ हजार नेपालीले अमेरिका कानुन वमोजिम वस्न र काम गर्न पाएका छन ।

२०१७-२०१९ को NRNA NCC USAको वोर्ड सदस्य निर्वाचित भए पछी यस संस्थामा रहेको विकृति विसंगति हटाउन महत्वपुर्ण भुमिका निर्वाहा गर्नुको साथै गैर आवसीय नेपाली नागरिकता विधेयकलाई सहज र सरल तरिकाले उपलव्ध गराउन नेपाल सम्म गई वातावरण अनुकुल वनाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको कारण तथा बिद्यार्थी जीवन देखीको ब्यक्तीत्व र छोटो समयमा नै महत्वपूर्ण काम र सफलता हासिल गरेका ब्यक्तीमा रुपमा चिनिएका कारण अध्यक्षमा निर्वाचित हुन सक्ने वलियो प्रत्यासीको रुपमा लिईएको छ ।

अर्को हप्ता पत्रकार सम्मेलन गरि आफ्नो अध्यक्षको उम्मेद्बारी सार्बजनिक सगै घोषणा गर्ने अन्तिम तयारीमा जुटेका छन् थापा । उनिसगै प्रतिस्पर्धामा अन्य ४ जनाले पनि अध्यक्ष पदको लागि आफ्नो उम्मेद्बारी घोषणा गर्ने तयारीमा जुटेको सामाजिक संजालमा देखिएको छ । उम्मेद्बारी घोषणा अर्को हप्ता भए पनि अन्तिम फाइनल चुनाब भने जुनको पहिलो हप्ता हुने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्