इमरान खानको तारिफ भइरहेको छ भने मोदीको विरोध



इस्लामाबाद । टर्कीका राष्ट्रपति रजब तैयब इरदुगानले आज पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई टेलिफोन गर्नुभएको छ । पाकिस्तान र पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शान्तिका लागि देखाएको बाटोलाई सलाम भन्नु भएको छ । तपाईलाई जानकारी गराउँ पाकिस्तानले हिजो आफ्नो सीमा क्षेत्रमा पक्राउ गरेका एकजना भारतीय वायु सेनाका पाइलटलाई आज नैं रिहा गर्ने जनाएको छ ।

यो बिचमा अहिले विश्वभरीबाट खानको तारिफ भइरहेको छ । अमेरिका लगायत देशहरुले शान्तिका लागि अपिल गरिरहेको बेला भारतले भने शान्तिका लागि कुनैं कदम चालेको छैंन । पाकिस्तानी प्रधानमन्त्री खानले भारतीय पाइलटलाई विना सर्त रिहा गर्ने जनाउँनु भएको हो । टर्कीका राष्ट्रपतिसँगको कुराकानीमा इस्लाम सधैं शान्तिका पक्षमा भएको र मावन कल्याणका लागि भएको चर्चा भएको थियो ।

जवाफमा इमरान खानले टर्कीले छोटो समयमा गरेको आर्थिक विकास सम्पुर्ण विश्व र पाकिस्तानका लागि एक उदाहारण बनेको भन्नु भएको छ । उहाँले पाकिस्तान संधैं टर्कीको मित्र भएको र यो मित्रता कायम रहने बताउनु भएको छ । पाकिस्तानी समाचार एजेन्सी अनुसार पाकिस्तान अब युद्ध चाहँदैन, विगतलाई बिर्सेर भारतसँग मित्रताको हात बढाउन चाहान्छ ।

पाकिस्तानी प्रधानमन्त्रीले पाकिस्तानले शान्ति र अमयचयन खोज्ने कुरालाई पाकिस्तानको कमजोरी नसोच्न चेताएको छ । दिनमा नैं भारतीय सीमा क्षेत्रमा प्रवेश गरेर दुई विमान खसालेको पाकिस्तानलाई कमजोर आंकलन गर्ने गल्ती नगर्न भनिएको छ । भारतीय सञ्चारमाध्यमहरुलाई संयमता अपनाएर सत्य समाचार संकलन गर्न पनि खानले अपिल गर्नुभएको छ । यो बिचमा खानको यो कदम सम्पुर्ण विश्व समुदायका लागि एक बुटी साबित भएको छ ।

उता भारतमा लोकसभा निर्वाचन नजिक आउँदैं गरेको अवस्थामा विपक्षी पार्टीहरुले आफ्ना राजनीतिक कार्यक्रम स्थिगत गरेको भए पनि सत्तामा रहेको भारतीय जनता पार्टीले भने पुलवा आक्रमण देखि नैं यस घटनालाई राजनीतिकरण गर्न खोजिरहेको भारतीय जनतामा आक्रोस रहेको छ । पाकिस्तानी प्रधानमन्त्रीले पटकपटक शान्तिका लागि अपिल गर्दा पनि राजनीतिक फाइदाको लागि नरेन्द्र मोदीले युद्ध गर्न चाहेको भारतीय जनताको बुझाई रहेको छ ।

अहिले भारतभर इमरान खानको तारिफ भइरहेको छ भने मोदीको विरोध भइरहेको छ । भारतीय वायु सेनाले ३५० जना आतंकवादी मारेको विषयलाई लिएर अहिले विपक्षीले नरेन्द्र मोदी सरकालाई प्रमाण देखाउन भनेका छन् । बंगालकी मुख्यमन्त्री ममता बनर्जीले तीन सय पचार आतंककारीको लास देखाउन अनुरोध गर्नुभएको छ ।

पाकिस्तानले केही रुखहरु भाँचिएको तर कुनैं मानविय क्षति नभएको बताउँदैं आएको छ । भारतले विशेष गरेर भारतीय मिडिया र सरकारले आफुहरुले पाकिस्तानमा रहेको आतंकवदाी अखडा खत्तम गरेको दाबी गरिरहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्