महिलालाई कुटपिट गरेको आरोप लागेपछि मन्त्रीले दिए राजीनामा



सैघाली खबर,
भदौ ४ । दक्षिण अफ्रिकामा महिलालाई कुटपिट गरेको आरोप लागेपछि एक मन्त्रीले राजीनामा दिएका छन् । गएको हप्ता जोहानेसवर्गको एक रात्री क्लबमा पुगेका उच्च शिक्षा तथा तालिम उपमन्त्री मदुदुजी मनाना र एक महिलाबिच भनाभन भएकोे स्थानीय अधिकारीलाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ ।

भनाभनका क्रममा ती मन्त्रीले महिलामाथि कुटपिट गरेका थिए । महिलाको अपमान र कुटपिटको घटनापछि उपमन्त्री मनानालाई प्रहरीले पक्राउ गरी स्थानीय अदालतमा मुद्दा चलाएको थियो । घटनापछि उपमन्त्री मनानाले पदबाट राजीनामा दिएका हुन् । उपमन्त्री मनाना सत्तारुढ दल अफ्रिकन नेशनल कांग्रेसका सदस्य हुन् ।

पत्रमा उनले आफ्नो गैरजिम्मेवार क्रियाकलापप्रति पश्चाताप सहित राष्ट्रका नाममा क्षमा मागेका छन् । मन्त्रीपदबाट राजिनामा दिए पनि मनानाले संसद् सदस्यता भने त्याग्ने छैनन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्