भारतमा लडाकू जेट विमान दुर्घटना



भारतमा मिग—२१ नामक लडाकू जेट विमान दुर्घटना भएको छ । भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा शुक्रबार दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्लामा विमान दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ । विमान दुर्घटना भए पनि चालक सफलतापूर्वक अवतरण गरेका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीहरुले बताएका छन् । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्