कार र ट्रक ठोक्किँदा एकै परिवारका १० जनाको मृत्यु



भारतको झारखण्डमा कार र ट्रक आपसमा जुधेर भएको दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।

झारखण्डको राजधानी राँचीदेखि ४७ किलोमिटर टाढा रामगार्ह जिल्लाको राजमार्गमा शनिबार दुर्घटना भएको अधिकारीहरुले बताएका छन् । मालबाहक ट्रकसँग ठोक्किएको कारमा रहेकाहरु एकै परिवारका रहेको बताइएको छ । मृत्यु भएका १० जनामध्ये तीन जना महिला र दुई जना बालबालिका छन् ।

पारिवारिक धार्मिक कार्यक्रममा सहभागी भएर फर्किदै गर्दा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्