सार्वजनिक स्थानमा विवाहको प्रस्ताव राख्दा जोडी पक्राउ



तेहरान । इरानमा एक जोडीले सार्वजनिक स्थानमा विवाहको प्रस्ताव गरेकोमा प्रहरीले गिरफ्तार गरेको छ । एक जोडीले उत्तरी शहर अरकमा सार्वजनिक स्थानमा विवाहको प्रस्ताव गरेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले सार्वजनिक रुपमा गरिएका यस्ता गतिविधि इश्लामिक कानुन विपरीत भएको भन्दै उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले एउटा पसल अगाडि बसेर मुटुको चिन्ह अंकित स्थानमा अंकमाल गर्दै गरेको र नजिकै थुप्रै मानिसले होहल्ला गरेको भिडियो सामाजिक सञ्जालमा छाएको थियो । मर्काजी प्रान्तका प्रहरी डेपुटी सुपरिटेन्डेन्ट मोहमद खलाजीले सर्बसाधारणको माग अनुसार उनीहरुलाई प्रहरीको हिरासतमा राखिएको जनाएका छन् ।

उनले विवाह प्रस्तावका क्रममा सो जोडीले पश्चिमा संस्कृतिको नक्कल भन्दै आलोचना समेत गरेका थिए । खलाजीले उक्त जोडीलाई अहिले धरौटीमा रिहा गरिएको समेत जनाएका छन् । सो विषयलाई लिएर अहिले इरानभित्र सामाजिक सञ्जालमा तीब्र बहस भइरहेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्