विमान दुर्घटना विमानमा सवार १५७ जनाकै मृत्यु



एडिस अबाबा नजिक इथोपियन एअरलाइन्सको विमान बोइङ ७३७ दुर्घटनाग्रस्त हुँदा विमानमा सवार १५७ जनाकझ मृत्यु भएकोछ। केन्याको नैरबी जाँदै गरेको फ्लाइट इटी३०२ मा सवार १४९ यात्रीसहित ८ जना चालक दलका सदस्यको मृत्यु भएको इथोपियन एयरलाइन्सले जनाएको छ। विमानमा ३३ देशका नागरिकहरू पनि सवार रहेको पनि कम्पनीले जनाएको छ।

आइतबार बिहान बोइङ ७३७(८०० इथोपियाको राजधानी एडिस अबाबाको स्थानीय समय ८।३८ मा नैरोबीबाट उडान भएको थियो। बोल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेलगत्तै कन्ट्रोल रुमसँग विमानको सम्पर्क टुटेको एयरलाइन्स कम्पनीले यसअघि जारी विज्ञप्तिमा उल्लेख गरेको थियो। विमान उडान भरेको ६ मिनेट पछि अर्थात् ८।४४ बजे दुर्घटनाग्रस्त भएको थियो।

६ महिनाअघि मात्रै एयरलाइन्सले भित्र्याएको बोइङ ७३७ ले अहिलेसम्म जम्मा ८ वटा उडान भरेको जनाइएको छ। दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैनन्। प्रत्यक्षदर्शीहरूका अनुसार विमान ठूलो आवाजसहित विस्फोट भएर जमिनमा खसेको थियो र लगत्तै आगलागी सुरु भएको थियो। यसअघि बिबिसीका सम्वाददाताले घटनास्थलमा भीषण आगलागी भएको र अग्नि नियन्त्रकले आगो निभाउने प्रयास गरिरहेको बताएका थिए।

उक्त घटनालगत्तै इथोपियन प्रधानमन्त्री अबी अहमदले दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिका आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दै ट्विट गरेका छन्। क्यान्य सरकारले पनि उक्त घटनाप्रति दुःख प्रकट गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्