भारतले बन्द गरायो पाकिस्तानमा बग्ने तीन नदी



काठमाडौं । दुई देशबीचको उग्र तनाव मत्थर भएको केही दिनमै फेरि भारतले पाकिस्तानमा पानी बन्द गराएको छ ।

भारत हुँदै पाकिस्तान जाने ब्यास, रावी र सतलज नदीको बहाव बन्द गरिएको केन्द्रीय जल संशाधन राज्यमन्त्री अर्जुन मेघवालले बताएका छन् ।

राज्यमन्त्री मेघवालले तीन वटै नदीलाई थुनेर पानी जम्मा गर्ने काम भइरहेको बताएका छन् । उनका अनुसार राजस्थान र पन्जाबलाई आवश्यक परेमा यो पानी प्रयोग गर्न अनुमति दिइने छ ।

कश्मीरको पुलवा आक्रमणसँग तनाब बढेका बेला भारतको केन्द्रीय जल संशाधन मन्त्री नितिन गडकरीले पाकिस्तान जाने नदीको पानी बन्द गर्न प्रधानमन्त्री कार्यालयमा सिफारिस गरे बमोजिम नदीको बहाब बन्द गराइएको भारतीय मिडियाहरुले लेखेका छन् ।

भारतीय केन्द्रीय जलसंशाधन मन्त्री नितिन गडकरीले सिन्धु सम्झौताअनुसार भारतले आफ्नो हिस्साको पानी मात्र पाकिस्तान जानबाट रोकेको दाबी गरेका छन् ।

भारत र पाकिस्तानबीच १९९० मा सिन्धु जल सम्झौता भएको थियो । भारतबाट पाकिस्तानतर्फ बगेर जाने ब्यास, रावी र सतलज नदीसँग सम्बन्धित यो सम्झौता अनुसार पाकिस्तानमा ८० करोड एकड फिट पानीको आपूर्ति हुन्छ । जबकी भारतले ३.३ करोड एकड फिट पानी पाउँछ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्