भिडियो हेरेर बच्चा जन्माउन प्रयास गर्दा आमा र बच्चा दुबैको मृत्यु



भारत – उत्तर प्रदेशको गोरखपुरमा २५ वर्षीया अविवाहित गर्भवतीले भिडियो हेरेर शिशु जन्माउने कोसिस गर्दा आमा र बच्चा दबैको ज्यान गएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार ती युवती कसैको सहयोग बिना नै बच्चा जन्माउन चाहान्थिन् । ती महिलाले मोबाइलमा भिडियो हेरेर बच्चा जन्माउने कोसिस गरिरहेकी थिइन् ।

गोरखपुर प्रहरीका अनुसार ती युवती बहराइचकी हुन् । चारदिन पहिले गोरखपुरको बिलंन्दपुर इलाकामा कोठा भाडामा लिएर बस्दै आइरहेकी थिइन् । आइतबार अन्य कोठामा बस्नेहरुले उनको ढोकाबाट रगत बगिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनको कोठामा एक मोबाइल फेला पारेको थियो जसमा प्रसव भिडियो ‘प्ले’ भैरहेको थियो ।

कैन्ट पुलिस थानाका एसएचओ रवि रायले भने ‘महिला अविवाहित थिइन् । उनी आफ्नै कोठामा एक्लै बच्चा जन्माउने कोसिसमा थिइन् । बच्चा जन्माउने क्रममा उत्याधिक रक्तस्रावका कारण उनको ज्यान गयो । उनी यो इलाकामा चार दिन पहिलेमात्र आएकी थिइन् ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्