यी हुन् विश्वको सबैभन्दा महंगो शहर



पेरिस, हङकङ र सिंगापुर विश्वकै महंगो शहर घोषित भएका छन् । इकोनोमिस्ट इन्टेलिजेन्स युनिट ९ईईयू० ले गरेको सर्वेक्षणमा पेरिस, हङकङ र सिंगापुर विश्वकै महंगो शहर घोषित भएका हुन् । विश्वका १३३ शहरलाई लिएर गरिएको सर्वेक्षणमा यी तीन शहर विश्वकै सबैभन्दा महङ्गो शहर पाइएको हो ।

अघिल्लो वर्ष भएको सर्वेक्षणमा शीर्ष १० शहरमा युरोपका चार शहर समावेश रहेका थिए । जसमा पेरिस दोस्रो नम्बरमा थियो ।

इकोनोमिस्टको तीस वर्षको इतिहासमा पहिलोपटक यी तीनवटा सहर एकैसाथ शीर्ष स्थानमा आउन सफल भएको रिपोर्टमा बताइएको छ ।

विश्वका १३३ शहरमा वस्तु तथा सेवाहरुको मूल्य तुलना गरि यो सूची निर्धारण गर्ने गरिएको छ । सर्वेक्षणको क्रममा साधारण खाद्य वस्तु जस्तै ब्रेडको मूल्य निरीक्षण गरिन्छ भने पछिल्लो वर्षको तुलनामा यी सहरमा बस्दाको लागतलाई न्युयोर्कसँग तुलना गरी महंगो र सस्तो छुट्याइन्छ ।

दुनियाको सबैभन्दा महंगा शहर
१। सिंगापुर ९सिंगापुर
२। पेरिस ९फ्रांस
३। हङकङ ९चीन
४। ज्यूरिख ९स्विट्ज़रल्याण्ड
५। जेनेवा ९स्विट्ज़रल्याण्ड
६। ओसाका ९जापान
७। सिओल ९दक्षिण कोरिया
८। कोपेनहेगन ९डेनमार्क
९। न्यूओर्क ९अमरीका
१०। तेल अवीव ९इजराइल
११। लस एञ्जलस ९अमरीका

सबैभन्दा सस्तो सहरहरुको सूचीमा भने यसपटक अप्रत्यासित बदलाव देखा परेको छ । राजनीतिक स्थिरता र मुद्रामा भएको उतारचढावका कारण नै यसपटक अर्जेन्टिना, ब्राजिल र भेनेजुएलाका सहर सबैभन्दा सस्तोमा पर्न पुगेका हुन् ।

सस्तो शहर
१। काराकस ९भेनेज़ुएला
२। दमाकस ९सीरिया
३। ताशकंद ९उज्बेकिस्तान
४। अलमाती ९काजखस्तान
५। बेंगलुरू ९भारत
६। कराची ९पाकिस्तान
७। लागोस ९नाइजीरिया
८। ब्यूनस आयर्स ९अर्जेन्टीना
९। चेन्नई ९भारत
१०।दिल्ली ९भारत

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्