नयाँ वर्ष मनाउने क्रममा इराकमा फेरी डुब्याे : ८५ जनाको मृत्यु, धेरै बेपत्ता



इराक । इराकको उत्तरी सहर मोसुलमा भएको फेरी दुर्घटनामा परी ८५ जनाको मृत्यु भएको छ । धेरै बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

कुर्दिस नयाँ वर्ष मनाइरहेका बेला बिहीबार तिग्रिस नदीमा दुर्घटना भएको गृह मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

दुर्घटनामा बेपत्ता भएकाहरुको खोजी र उद्धार कार्य जारी रहेको एक अधिकारीले जानकारी दिए ।

मोसुलको पर्यटक व्यापारीक केन्द्रतर्फ परिवार तथा बालबालिकाहरु लिएर आइरहेको फेरि दुर्घटनामा परेको हो ।

उद्दार कार्य जारी रहेकोले यसबारे बिस्तृत विवरण आइनसकेको बताइएको छ । कयौं व्यक्ति सम्पर्कमा नआएकोले मृतकको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्