ह्यापी वर्थ डे



एम.एल. ओली

आमाको सातौं बेतबाट औँरिएको सन्तान आज तीन वसन्त पार गरी चौथो वसन्तमा प्रवेश गर्न थालेछ । योसँग जर्मिदै हुर्किने, बेस्सरी डुक्रिने, बैरीका पम्पुरा सेक्ने अद्भूत क्षमता रहेको छ । यस्तो क्षमतावान सन्तान अँवार्दा आमालाई कति हर्ष भयो होला ? यसलाई अँवार्न गोप्या–खुल्ला, स्याना–ठूला, फुटेका–टुटेका पार्टीहरू, डाक्टर, वैद्य, लिख्या–पर्या, जाँन्या–सुन्या, गुनी–बैगुनी, सबैको पसनिा मिसिएको छ ।

                        एउटै छानामुनि एउटै भान्सामा पाकेको रुखोसुखो निल्दै कडा संघर्ष नगरेको भए के हुँन्थ्यो ?

त्यति मात्र कहाँ हो र हजुर ? हिमालदेखि तराईसम्म, लराइदेखि शान्तिसम्म, दलदेखि दलालसम्म, हुकुमबासीदेखि सुकुमबासीसम्म, साधुदेखि, चोरसम्म, ज्ञानीदेखि ध्यानीसम्म, उठेकादेखि सुतेकासम्म, शहासीदेखि कातरसम्म, रोगीदेखि भोगीसम्म, महिलादेखि पुरुषसम्म, उपियाँदेखि उडुससम्मले होस्टेमा हैँसे नगर्या हो र ? बिगतमा चाहे शहर होस या गाउँ, वनबास होस या घरबास सबै समप्रदायका बन्धुहरू एउटै छानामुनि एउटै भान्सामा पाकेको रुखोसुखो निल्दै कडा संघर्ष नगरेको भए के हुँन्थ्यो ? सबैको गलजोड र मनोकामनाबाट आमाको व्याथा मत्थर मात्र नभई विश्वास समेत बढ्यो कि भोलीका दिनमा टुट्, फुट् र लुट् हुँने छैन भनेर । हातखुट्ठा चलोस् या नचलोस् नो मत्लब । सुती सुती मुखाँ चारो पानी पस्ने पक्काछ । मेरो ख्यालमा, हाम्रो सन्तान सबैको प्यारो बनेको छ । किन कि यसमा तवाँई हाम्रो खुन, सुन र पसिनाको पोखल मिसिएको छ ।

       ह्याँती गर्ने कुरा, सुन बुकाइसकेकाहरूलाई भने खासै समस्या छैन तर नुनलाई….

तवाँई हाम्रो आशाको केन्द्र यो सन्तान बहुगुणी छ । यसका विशेषतै अनौठा छन । तवाँईको छमेकी लबाक्यालाई यो सन्ताान गल्पासो भएकै हो । यो औँरिदाको स्वादिलो बास्ना पचाउन नसकि उसले हत्तपत्त नाक बन्द गर्या होइन र ? उसले नाक बन्द गराई क्या फाँर्यो ? आखिर तवाँई हाम्ले खाप्चाबाट सास फेरेल्तियौँ । होइन र ? भलै यो कलिलै छ, तथापि यसको विलक्षण क्षमता देख्दा शत्रुबैरीहरूको आँखाबाट तुरुक्क रगत झर्छ । यसले कसैलाई दायाँ बाँया गर्न र नजर झिम्क्याउँन दिए पो ? ह्याँ, ठूला माछा समेत बचेनन भने तवाँई हामी सिस्ना मात्या किरालाई गन्याउँलाले टिपी खाल्छ । ह्याँती गर्ने कुरा, सुन बुकाइसकेकाहरूलाई भने खासै समस्या छैन तर नुनलाई….। नुन धेरै किल्न पाइन्न, त्यसो गरे कानुन सक्रिय भइ निकासी र पैठारीमा जय गर्दैन । भ्रष्टाचारको भ उचारणा गर्न बन्देज । कसैले त्यसो गर्ने आँट गरेमा सोझै मामाघर । सरकारी गैरसरकारी संघ संस्थामा पुग्नेबित्तिकै सेवाग्रहीहरूलाई ठाउँको ठाँउँ सेवसुविधा पाइने । भ्रष्टाचार, ढिलासुस्ती र अनियमितता कुन चरीको नाउँ हो खै ?

तवाँई हाम्री चेलीबेटीहरूको इज्यतप्रति कुबिचार सोच्नेलाई उइता हो नि ठाउँको ठाउँमै

बेरोजगारहरूलाई घरघरै भत्ता, नाङ्गालाई आङभरी लत्ता, गाउँ गाउँमा सत्ता । विकासको झन कुरै नगरौं, तल पनि रेलै माथि पनि रेलै । काम गर्या खुश नगर्या पनि खुश, भुस जति जगाया पनि छुट तर घुसखोरी, सुतखोरी, भ्रष्टाचार, हत्या, बलात्कार, अन्याय, अत्याचा, ढिलासुस्ती, अनियमितता सबै मसान भन्दा सात गुणा तल तोप्पिए । अब भन्नुहोस् तवाँई हाम्रै पालिनु फिजिएका समाजवाद उन्मुख सदाचार र सुशासनका सुन्दर तरङ्ग होइनन भन्न मिल्छ ? तवाँई हाम्री चेलीबेटीहरूको इज्यतप्रति कुबिचार सोच्नेलाई उइता हो नि ठाउँको ठाउँमै । जिउँधनको पुरापुर सुरक्षा, कोही पनि भोकै नाङ्गै बस्न नपर्ने, हातको मैला र सुनको थैला खोज्न सात सम्न्द्र तर्न नपर्ने, उन प्रत्य लाग्ने जति पनि वस्तु भोग्न छुट् । अब उपरान्त कसैले कसैको वंश भुट्न, पार्टी फुट्न, सम्पत्ति लुट्न र कसैले कसैलाई कुट्न नपर्ने । जेठा र जेठीहरूप्रति शावक जत्तिकै दया, माया र सहानुभूति रहने, गोठ सार्न नपर्ने, जताततै शान्तै शान्त अशान्तिको गन्ध स्वाह । यस्तो बेला सबै भाइखलकहरू मिलेर एउटै स्वरमा ह्यापी वर्थ डे भन्नु पर्नेमा केहीले बिरोध गर्छु भन्छन् बाल् । यो कुरो कतैबाट हाम्री आमाका कानमा पस्यो भने बिचरीको चित्त कति दुख्ला ? कठै !

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्