पुस्तक समीक्षा -ब्रेकअप डायरी



प्रदिप सुबेदी।

नेपाली साहित्यकाे क्षेत्रमा एउटा नयाँ कृति थपिएकाे छ।माेफसलमा रहेर नेपाली साहित्यमा याेगदान गर्दै आएका साहित्यकार सविन प्रियासनकाे नयाँ कृति ब्रेकअप डायरी उपन्यासकाे रूपमा थपिएकाे हाे।

प्रेम चाहने र प्रेम बुझ्न खाेज्नेकाे लागि हाे ब्रेकअप डायरी। आकर्षणकाे उच्चतम बिन्दु प्रेम हाे।उक्त बिन्दु जबसम्म स्थिर रहन्छ ,भावानात्मक सम्बन्ध अर्थात प्रेम कायम रहिरहन्छ,जहाँ एकअर्का प्रति एक बुँद पनि घृणाकाे भाव हुँदैन ।

सविन प्रियासनले याे उपन्यासमा केही पात्रलाई उठाएका छन्, जाे आधुनिक प्रेम जिवनका प्रतिनिधि हुन्।मिठा सपना बाेक्छन्,कति पुरा गर्छन कति गर्न सक्दैनन् ।

उपन्यासकी मुल पात्र सानियाकाे दैनिकी लाग्ने उपन्यासमा विभिन्न पात्रहरू थपिन्छन,श्रीकृण्णकाे धाेका देखि प्रणवकाे अङ्गालाेसम्म पुग्न पाठकले रमाईला ,नरमाईला किस्सेदार लाईनहरूलाई पार गर्नै पर्छ।उपन्यास पढ्दै गर्दा सानिया सँगै हिड्न ,दाैडिन ,गुड्न ,उड्न सकिन्छ।किनकि याे सानियाकाे कथा हाे ,उनकाे भाेगाई आफ्नाे लाग्छ,बास्तबिक लाग्ने पात्रकाे निर्माणमा लेखककाे क्षमतालाई कदर गर्नै पर्छ।

कृण्ण सँगकाे वियाेगमा छटपटाई रहेकी सानियाकाे जिन्दगीमा मल्हम बन्न प्रणवकाे आगमन हुन्छ,प्रणव र सानिया उपन्यास भरी साथीकाे रूपमा रहन्छन्,

उनीहरूकाे हर्कत साथी भन्दा माथी हुन्छ,उनीहरू सेक्स गर्दैनन्,किस गर्दैनन्,कसिलाे अङ्गालाेमा बाधिनन् तर दिनहुँ भेट्छन् ,दुईजनामात्र घुम्न जान्छन् च्याट गर्छन ,उपहार आदान प्रदान गर्छन ,फाेटाे खिच्छन् ,याे प्रक्रिया सानिया अष्ट्रेलिया नपुगुनञ्जेल चलिरहन्छ।त्यसाे त सानियाकाे अष्ट्रलिया प्रस्थान उपन्यासकाे निष्कर्षकाे बिट हाे।प्रणवकाे सानिया प्रतिकाे लगाव याे उपन्यासकाे मुख्य कडी हाे।

सलिना सँगकाे बियाेगमा तड्पिएकाे प्रणव सानियाकाे सामीप्यतामा कसरी रमाउछ,र किन? पाठककाे याे उत्सुकता उपन्यासकाे अन्त्य सम्म रहिरहन्छ।पाठकलाई अन्त्य सम्म बाध्न सक्ने शैली प्रियासनकाे विशेषता हाे।

ब्रेकअप डायरी सरल भाषामा ,सरल तरिकाकाे प्रस्तुति रहेकाे उपन्यास हाे।मुख्य दुई पात्र सानिया र प्रणवकाे दैनिकीलाई राेचक ढङ्गमा प्रस्तुत गरिएकाे छ।नेपाली आधुनिक समाजका युवाहरूकाे मनस्थिति चित्रित छ।

प्रणव र सानिया प्रतिनिधि पात्र हुन्।प्रेम ,प्रेम पछिकाे वियाेगकाे स्वादबाट कमै वञ्चित छन्।कसैले धाेका दिदैमा जिन्दगी समाप्त हुदैन्,केही राम्राे हुनकालागि केही नराम्राे हुन सक्छ।बिछाेड पछिकाे सुन्दर जीवनलाई व्रेकअप डायरीले प्रस्तुत गर्दछ।

सरलभाषा शैली ,सरल प्रस्तुति ,बास्तविक विषयबस्तुमा आधारित उपन्यास पठनीय छ।एक सय साठी पृष्ठ लामाे उपन्यास पढ्दै गर्दा पाठकले राेकिने र बाेर मान्ने क्षण आउदैन्।उत्सुकता सँगै कथाले बिट मार्छ।उपन्यासकाे न्यायिक अन्त्य स्वभाविक छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्