१० वर्षपछि सरिता-ऋषिको ‘परिचय’



सैघाली खबर,
काठमाडौं। नेपाल टेलिभिजनको चर्चित टेलिसिरियल परिचय १० वर्ष पछि आइतबार पुनस् प्रशारणमा आएको छ।

ऋषी लामिछानेकै निर्देशन र सरिता लामिछानेको अभिनय रहेको सिरियलमा अभिनेता सरोज खनाल पनि देखिएका छन्। खनाल २३ वर्षपछि सानो पर्दामा फर्किएका हुन्। सिरियलले नै मलाई परिचय दिलाएकाले म योबाट टाढा रहन सक्दिनु, सिरियल सुरु भएपछि सरिताले भनिन्, सिरियल मेरो प्राण हो त्यसैले हामी नयाँ सिरियल सुरु गर्ने तयारीमा पहिले देखिनै थियौं। धेरैको सल्लाह र दर्शकको चाहना बमोजिम परिचयुलाई पुनर्जन्म दिएका हौं।

परिचय एकताका नेपाल टेलिभिजनको १ नम्बर रेटिङमा रहेर लामो समय प्रसारण भएको टेलिसिरियल हो। ४ वर्ष सम्म चलेको यो सिरियल १ सय ४१ भागसम्म प्रशारण भएको थियो।

निर्देशक लामिछानेका अनुसार सिरियल नयाँ कथामा आधारित छ। नाम पुरानो भए पनि कथा नयाँ होु, सिरियलबारे उनले भन, हाम्रो समाजमा सबैले आआफ्नो परिचय खोजिरहेका हुन्छन्। तिनै परिचय खोज्नेहरुको कथा हो यो। हरेक परिवारमा आउने द्वन्द्वलाई पनि यसमा समेटिएको छु, उनले भने।

सिरियलमा सुनिल कटुवाल, वर्षा राउत, मिस टिन जस्मिन खड्का, गौरव प्रभाष, कविता शर्मा, डिवि भोम्झन लगायत कलाकारको अभिनय छ। सिरियल हरेक साताको आइतबार नेपाल टेलिभिजनबाट ८स्५० मा प्रशारण हुनेछ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्