परमाणु परीक्षणका कारण उत्तर कोरियामा भूकम्प



सैघाली खबर,
१८ भदौ ।– उत्तर कोरियालो छैटौं परमाणु परीक्षण गरेको जापनले बताएको छ । उत्तर कोरियामा आइतबार बिहान ६ दशमलव ३ रेक्टर स्केलको भूकम्पको धक्का गएको र यो परमाणु परीक्षणका कारण भएको हुन सक्ने अमेरिकी भूगर्भ विभागले बताएको थियो । जापान सरकारले भूकम्पको धक्काको अनुगमन गरेर यो परमाणु परीक्षणकै कारण रहेको दाबी गरेको छ ।

जापानका विदेश मन्त्री तारो कोनोले भन्नुभयो ‘जापानको मौसम विभागले दिएको तथ्यलाई विश्लेषण गरी जापान सरकार उत्तर कोरियाले परमाणु परीक्षण गरेको निष्कर्षमा पुगेको छ ।’ विदेश मन्त्री तारोले टेलिभिजन सम्बोधन मार्फत उत्तर कोरियाले परमाणु परीक्षण गरेको बताउनुभएको हो । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले स्थानीय समय अनुसार आइतबार दिउँसो तीन बजे महत्वपूर्ण घोषणा गर्ने बताएको सिएनएनले उल्लेख गरेको छ ।
दक्षिण कोरियाको सेनाले भूकम्पको धक्का प्राकृतिक नभई मानव निर्मित रहेको बताएको छ । परमाणु परीक्षणका बारेमा थप जानकारी पाउनका लागि दक्षिण कोरिया र जापानले तथ्यको संकलन तथा विश्लेषण गरिरहेका छन् ।

जापानका प्रधानमन्त्री शिन्जु आबेले उत्तर कोरियाको गतिविधि सहन सक्ने खालको नरहेको बताउनुभएको छ । उत्तर कोरियाको पछिल्लो परमाणु परीक्षण र त्यसपछिको प्रतिक्रिया तय गर्नका लागि दक्षिण कोरियामा अहिले राष्ट्रिय सुरक्षा परिषदको बैठक बसिरहेको छ ।
अहिले भूकम्पको धक्का महसुस गरिएको क्षेत्रबाट नै उत्तर कोरियाले यसअघि परमाणु परीक्षण गरेको थियो । उत्तर कोरियाले नयाँ हाइड्रोजन बम बनाएको घोषणा गरेको केही घण्टापछि नै भूकम्पको धक्का महसुस गरिएको हो ।

उत्तर कोरियाका नेत किम जोङ–उनले नयाँ हाइड्रोजन बमको छेउमा उभिएर खिचाएको तस्बिर सार्वजनिक गर्दै त्यहाँको सरकारी समाचार संस्थाले नयाँ बम ठूलो क्षमताको हरेको बताएको थियो । यो बमलाई मिसाइलमा लगाउन सकिने दाबी गरिएको छ ।
दक्षिण कोरियाका अनुसार आइतबार बिहान सम्भावित परमाणु परीक्षणका कारण गएको भूकम्पको धक्का उत्तर कोरियाको परमाणु परीक्षण स्थल पुनग्ये रीको नजिक रहेको किलजु काउन्टीमा केन्द्र विन्दु भएर गएको हो ।

उत्तर कोरियाले यसअघि गएको वर्षको सेप्टेम्बरमा परमाणु परीक्षण गरेको थियो । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद पनि उत्तर कोरियाले परमाणु तथा मिसाइल कार्यक्रम गर्दै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्