आप्रवासी सवार डुङ्गा दुर्घटना, ६५ को मृत्यु



भूमध्यसागरमा आप्रवासी चढेको डुङ्गा पल्टिँदा ६५ जनाको मृत्यु भएको छ। लिबियाबाट युरोपका लागि हिडेको उक्त डुङ्गा ट्युनिशिया नजिकको समुन्द्रमा दुर्घटना भएको हो।
संयुक्त राष्ट्रको शरणार्थी एजेन्सीले जनाए अनुसार उक्त दुर्घटनामा १६ जनालाई जिवितै उद्धार गरिएको छ।

डुङ्गा दुर्घटनाको कारण भने समुन्द्रमा उडेको ठुलो लहरको कारण हुन सक्ने अनुमान गरिएको छ।
दुर्घटनामा बचेका शरणार्थीहरुलाई ट्युनिशियाको नौसेनाले आफ्नो देशको तटमा लगेका छन्।

बचेकाहरुको उद्धारका लागि सक्रिय रहेको ट्युनिशियाको रक्षा मन्त्रालयले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्