राष्ट्रिय सभाका उपाध्यक्षलाई जेल राख्न सर्वोच्चको आदेश



एउटा विशेष अदालतले भेनेजुएलाका राष्ट्रिय सभाका उपाध्यक्षलाई जेलमा राख्न आदेश दिएको छ । सर्वोच्च अदालतले ‘आतङ्कवादसम्बन्धी’ क्रियाकलापमा संलग्न भएको आरोपमा उपाध्यक्ष इड्गार जाम्ब्रानोलार्ई जेल हाल्न आदेश दिएको बताइएको छ।
गत अप्रिल ३० मा विपक्षी नेता हुवान गुएइदो, उपाध्यक्ष जाम्ब्रानोसहित विपक्षी समूहले सरकार विरुद्ध उत्रिन आह्वान गरेका थिए । उनीहरुले राष्ट्रपति निकोलस मुदुरोलाई पदमुक्त गराउन पनि आग्रह गरेका थिए ।

त्यसपछि उपाध्यक्ष जाम्ब्रानोलगायत राष्ट्रिय सभाका केहीलाई सरकारी सुरक्षा अधिकारीहरूले अनुसन्धान अगाडि बढाएका थिए । त्यही अनुसन्धानकर्ताहरूको सिफारिसका आधारमा अदालतले उनलाई जेलमा राख्न आदेश दिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्