गुञ्जिदै गाँउवस्ती ‘‘गितले माग्दै भोट ,जनताले खेप्दै चोट ’’



गिरिराज नेपाली

‘‘निर्वाचनको मिति नजिकिए संगै दलहरु चुनाव प्रचारमा निकै व्यस्त वनेको छन । दलहरुले चुनावी एजेण्डा लाई गित मार्फत व्यक्त गर्दै गाँउ ,घर , शहर ,वजार हुदै प्रत्येक वस्ती–वस्तीमा चुनावी गित घन्काउदै दौडीरहेका छन । ’’

जेष्ठ , ९ २०७४ । आसन्न जेष्ठ ३१ हुने स्थानिय तहको निर्वाचनको मिति करिव–करिव नजिक –नजिक सरीरहेको छ । त्यो संगै दलहरु निर्वाचनमुखी विभिन्न कार्यक्रमहरु लिई गाँउ वसी भने चुनावी दौडधुपमा दौडिरहेका छन । कतै सभा ,कतै वृहत जनप्रर्दशन ,कतै प्रशिक्षण त कतै संगठन सुदृढीकरण सगै विभिन्न साँगितिक माहोल पनि चलिरहेका छन । चुनावी प्रचार देखी जनसरोकारका जल्दावल्दा नाराहरु वोकी जनताको घरदैलो अभियानमा पनि दलहरु उर्लिएकै छन । चुनावी जोडघटाउ देखी वार्ड , गाँउपालिका देखी उप–महानगर पालिका र नगरपालिको मेयर ,उप–मयेरको उम्मेद्धारी समेत घोषणा समेत दलहरुले दिनैपिच्छे भइरहेका छन ।

IMG_0114

त्यसै दलहरुले चुनावी एजेण्डा मात्रै होईन आ–आफ्नै गिति सन्देश वोकी जनताको मत जित्न प्रयास गरेका छन । भेला , वहृत सभा र घरदैलो अभियान लाई दलहरु थप जागरुक र पेचिलो वनाउदै चुनावी गिति सन्देश समेत घन्काउदै गाँउगाँउ छिरीरहेका छन ।

नेपाली काँग्रेस ,नेकपा एमाले ,नेकपा माओवादी केन्द्र ,राष्ट्रिय जनमोर्चा लगाएतका अन्य दलहरुले पनि चुनावी गित लाई शहर वजार हुदै गाँउ घरका कुना कन्दरा समेत घन्काउदै हिडेका छन । जुन गिती सन्देश वाटै जनता जगाउने र विजय सुनिश्चित गर्ने प्रयासमा दलहरु आ–आफ्नै गितीभाका धन्काउदै गाँउ ,घर,शहर,वजार लाई चुनावी साँगितिकमय वनाउदै हिडेका छन ।

गरीव दुखी जनताको भोके पेट , नाङगो शरिरका दर्दानाक पिडा देखी ति गरिव जनताहरुको अधिकार , हिमाल, पहाड र तराई विचको भाईचाराको सम्वन्ध लाई तिनै गितहरु मार्फत व्यक्त गर्दै जनताको भोट वटुल्ने प्रयासमा गरीरहेका छन । तर जनताहरु भने आफ्ना पिडा लाई दलहरुले गिती लय र शव्दमा मात्रै सिमित राख्ने गरेको दुखेसो गरेका गर्दछन ।
चुनावी प्रचारका लागि नेपाली काँग्रेसले ‘हाम्रो नेपाली काँग्रेस , जिन्दावाद राम्रो नेपाली काँग्रेस लाई विजयी ,गराउदै भने गित सार्वजानिक गरेको छ ।
भने नेकपा एमालेले ‘ आयो–आयो एमाले आयो , सुर्य संगै लाल किरण छायो । भन्दै चुनावी प्रचार घन्काई रहेको छ । त्यस्तै नेकपा माओवदी केन्द्रले पनि जनता लाई जागरुक वनाउदै ‘गाँउ , शहर ,गली, चोक ‘ घर घर जाँउ माओवादी केन्द्र लाई विजय गराऔ । ’ जस्ता गितहरु गाउदै चुनावी प्रचार गरी भोट माग्दै शहरका चोक चोक र वस्ती वस्तीमा सवारीहरु दलहरु हुकाई रहेको छ ।
तर चर्काे–चर्काे स्वरमा जतिसुकै गित घन्काए पनि ति गितहरुले आपफ्ना पिडाका भावहरु लाई मात्रै समेटीएका छन । तर दुखलाई वुझेका छैनन ।
त्यही दु्ख र् पिडा लाई दलहरुले त्यो गित वनाई बजाउदै उनै गरिव जनतालाई सुनाउदै हिड्छन । तर त्यही दुख र पिडाले दलहरु लाई कहिले छ्दैन भन्दै उप–महा–नगरपालिका १३ की मिना विकले दुखेसो पोख्नुहुन्छ ।

IMG_0118
‘दिनहु रात झण्डा फरफराउदै जनताको गित गुञ्जाउदै गाडीहरु यही वाटो ओहोर दोहोर गर्छन । तर त्यो गितमै सिमित छ । करिव ९ वर्ष घोराहीको दामोदर चोकको सडक पेटीमै तरकारी वेच्दै दिन विताई रहेकी छु । तर दलहरुले आफ्ना पिडा त्यत्ति वेला सुनेन । तर हिजो आज ‘गरीव घरघरमा पार्टी , जनताको पार्टी , मुलुकको समृद्धि ’ भन्दै गित सगै नारा फुक्दै हिडेका छन । जव–जव चुनाउ आउछ । तव मात्रै दलहरु गरीवका घर सम्म पुग्छन । चुनाव जिते फर्केर गाँउ जादैनन । अझै गरीवका पिडा लाई गितमै गाउदै हिडेर भोट माग्दै हिड्ेका छन । आज उनै हाम्रा पिडा भाव वोकेका गितहरु चुनावीनाराका रुपमा लोकप्रिय भएकै छन । जव चुनाव सिधिन्छ । त्यही दुख र पिडाहरु ति गितहरु संगै कता हराउछन । त्यो न नेताहरु लाई थाहा हुन्छ । नत दलहरु लाई नै , …‘ आखिर हाम्रा पिडाले दलहरु लाई चुनाउको वेला मात्रै छुदो रहेछ दलहरु लाई । ’वाँकी दिन कहाँ जान्छन तिनी पिडाका जनताको , ति पिडाहरु , गरीव निमुखा वस्तीका आवाजहरु निकै जोडतोरका साथ दलहरुले पोख्दै विजय वनाउन ओहोर दोहोर गरिरहेका छन । तर हाम्रा दुख जति सुकै गाए पनि कहिले जाँदैन । भोट हालेर माथि जाने उनै नेताहरु नै हुन । तर हाम्रा दुख कहिले जादैन । विकले भन्न्भयो ‘ गाँउ गाँउ , वस्ती वस्तीमा उनै जनताको दुख लाई गुञ्जाउदै चुनावी प्रचार गरेकै छन । तर त्यो प्रचार दलहरुका लागि भोट खेती वनेको छ । तर हामी गरीवले सडक पेटी भाग्य भन्दै चर्चिरहेकी छु । सडक खेतीले जीवन चलिरहेको छ । हाम्रै पिडा लाई गितमा राखी भोट माग्दै हिड्दा निकै मन पोल्छ । गरीव , निमुखा जनताको पिडा कस्ता रहेछन । उनै गित गाउने भन्दा पनि पिडा खेप्ने जनता लाई थाहा होला । जो लाई जिताई पठाए सपना मात्रै हुन मिठा । जिते पछि उनै हुनै हालत हामं्रा ।IMG_0119

त्यस्तै साँविक त्रिपुरका खुलुराम चौधरीको भनाई पनि उस्तै छ । दैनिक मजदुरीका घोराही वजार चाहार्दै हिड्छु । निर्वाचन गफगाफ चलिरहेका हुन्छन । तर आफु लाई कहिले त्यो कुरा छुदैन । गाँउमा दिनैपिच्छे दलहरु रङविरङगि झण्डाहरु वोकी घरघर चार्हाछन । मेरै भोगाई गित गाउदै हिडेका हुन्छन । तर गित गाए पनि त्यो गितले चुनावको वेला मात्रै दलहरु छुन्छ । कसरी हामीले सुखका सास फेरौला । वर्षाै पछि मात्रै चुनाव हुन्छ । उनै वेला मात्रै हाम्रा दुख वुझ्छन । तर अघिपछि सवै विर्सिन्छन । उहाँले भन्न्ुभयो ‘कसै लाई न, कसै लाई भोट दिनै पर्ला । त्यो मेरो अधिकार पनि हो । तर अव हाम्रा होईन राम्रा । मुलुक विकास ,समृद्धि र गरीव जनताको सेवा गर्ने लाई जिताउनु हाम्रा पिडा सुन्ने र वुझ्ने लाई जिताउनु पर्ला ?

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्