वैदेशिक रोजगारको नयाँ फड्को -सीप विना विदेशै बन्द



काठमाडौं । आगामी असार दोस्रो हप्तादेखि विभिन्न १२ वटा पेशामा सीपमुलक तालिम लिएका कामदार मात्र रोजगारीमा जान पाउने भएका छन् ।

वैदेशिक रोजगार विभागले यसै हप्ता जारी गरेको सुचना अनुसार आगामी असार १५ गते देखि सेक्यूरिटी गार्ड, मेशन, स्टिल फिक्चर्स, हाउस किपिङ तथा क्लीनर, हाउस वाईरिङ तथा ईलेक्ट्रीसियन, वेटर, कुक, स्काफोल्डिङ, सटरिङ कापेन्टर, पेन्टर, गार्मेण्ट तथा टेलरिङ र प्लम्विङ पेशामा रोजगारीका लागि जान वैदेशिक रोजगार बोर्डबाट त्यस्तो सीप सिकेको प्रमाणपत्र लिएको हुनुपर्ने अनिवार्य गरिएको छ ।

रोजगारमुलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ अनुसार यी १२ वटा पेशामा सीप सिकेका कामदारलाई मात्र वैदेशिक रोजगारीमा विभागको काठमाडौं कार्यालय ताहाचलले अन्तिम श्रम स्वीकृति दिनेछ ।

सीपमुलक तालिमलाई नियमित र व्यवस्थित गरी न्यूनतम सीपयुक्त जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने नेपाल सरकारको नीति अनुरुप नयाँ व्यवस्था लागू भएको हो ।

हाल उल्लेखित १२ वटा कामको भिसामा सीप नसिकी जाने कामदारको विदेशमा काम, तलव फरक पर्ने र सेवा सुविधा नपाउने गुनासो बढी आउने गरेको छ ।
साभार -मध्यान्ह

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्