जनक नेपाली
चलचित्र छक्का पञ्जा मा माग्ने बुढाको आमा बनेकी थिइन शारदा गिरी । छक्का पञ्जामा उनलाई केदार घिमिरे उर्फ माग्ने बुढाले मायाले आमालाई ‘काली बुढी’ भनेर सम्बोधन गर्छन । जसका कारण अहिले शारदा गिरीलाई धेरैले काली बुढी भनेर चिन्छन । चलचित्र हेरेपछि काली बुढीको भूमिकामा अभिनय गरेकी शारदा गिरीको अभिनयलाई धेरैले तारिफ गरेका छन् । शारदा गिरी उर्फ काली बुढीको अभिनयबाट त धेरै परिचित छन तर उनको व्यक्तिगत जीवनका बारेमा धेरै कमलाई थाहा छ ।नेपाली चलचित्रको क्षेत्रमा काली बुढी एउटा यस्तो नाम हो जुन नाम नेपाली दर्शकले मन नपाउने सायद कमै होलान् । काली बुढीकोे जीवन सायद सोचेको भन्दा निकै फरक रहेछ । उहाँको बाल्यकालको अनुभति खोतल्ने प्रयास हामीले गरेका छौ । कलाकारितामा लागेको २९ वर्ष भइसकेको छ ।२९ वर्षको अवधिमा उनले ५० भन्दा धेरै चलचित्र र हजारौ टेलिसिरियलमा काम गर्नु भएको छ । ६५ वर्षकी काली बुढीसँग कलाकारिताको लामो अनुभव रहेता पनि अध्ययनको अनुभव भने खासै छैन । त्यसै विषयमा आज हामीले केही अनुभुति साट्ने प्रयास गरेका छौ ।
नाम
शारदा गिरी,उर्फ (काली बुढी)
बस्ने थलो
काठमाण्डौ कलंकी स्युलुटार
बुवाको नामःकृष्ण गिरी (स्वर्गीय )
आमाको नाम ज्ञानु गिरी
श्रीमान जितेन्द्र शाह (स्वर्गीय)
घरमा को को हुनु हुन्छ ?
दुई छोरा ,दुई छोरी ।
बाल्यकाल कस्तो रह्यो ?
बाल्यकाल मेरा लागि सबैभन्दा रमाईलो रह्यो हाम्रा बा का छोरा छोरी हामी दुईभाई बहिनी मात्र थियौ । बा आमाले धेरै माया गर्नु हुन्थ्यो कहिले कहिले जीवनमा दुःखको अनुभुति मैले गरेन । कारण म भाग्न मानी थिए होला ।
कति पढ्नु भयो ?
खासमा छोरीमान्छे स्कुल जान हुन्न भन्ने कुराले हाम्रो समाजमा जरा गाडेको थियो । यहि कारण मैले पढ्न पाईन ।,बाल्यकालमा विद्यालयमा एक पटक मात्र पाइला टेकेको वताउनुभयो । सुरुको दिन स्कुल गएको थिए मलाई अहिले पनि याद छ पहिलो दिननै शिक्षकको पिटाई खाए । पहिलो दिन नै पढ्न जाँदा सरले पिट्नु भयो अनि घरमा आएर पढ्दैन भने र घरमा सबै राजी भएपछि स्कुल जान छोडे । फिल्मी क्षेत्रमा लागेपछी पढ्न नजादाको पिडा फिल्ममा संवाद भन्नको लागि निकै गाह्रो भएको अनी पिडा सुनाउदै उहाँले अहिले बल्ल आएर पढाईको महत्व बुझे । आफूले केही वर्ष महिला चेतना विद्यालयमा प्रौढ शिक्षा पढ कक्षा ९ मा अध्ययन गरेको अनुभव म संग छ ।
जीवन के हो ?
जीवन नाटक हो । मैले आज अनुभुति गरे म दिलिप रायमाझी, विपना थापा, करिश्मा, अर्जुन श्रेष्ठको आमा बनेर भुमिका निभाए । म अहिले सम्म हजारौको आमा बने, लाखौको हजुर आमा बने करौडौको काली बुढी बनेर सबैको माया ममता आज सम्म पाएको छु । भोली पनि निरन्तर सबैको माया पाउँने छु ।
जीवनको रमाईलो क्षण ?
आजपनि त्यो कुरा सम्झदा रमाईलो अनुभति हुन्छ । हामी घरमा दुई भाई बहिनी मात्र थियो सधै घरमा हामी मिलेर खेल्ने मान्छे एक दिन घरमा कोही नभएको मौका छोपी दुई दाजु भाईले मह चोरर खाने निधो ग¥यौ दाईले ठेकीको मह भन्दै एउटा भाडोमा फिनाएल झिकेर ल्याउनु भएको रैछ मैले त्यो फिनाएल खाए जीवनमा के हुदौ रैछ रैछ थाहै नहुने ।
बाल्यकालको साथीको नाम याद छ ?
मेरो बाल्यकालको साथी कोही थिएन मेरो साथी अभिभावक जो भने पनि भाउजु हुनु हुन्थ्यो मलाई साथी भन्ने वित्तिकै भाउजु लक्ष्मी गिरी,कान्छी गिरीको याद आउँछ । सबै जना गाउँमा विवाह हुदा रक्तौली हेर्नजादाको उक्तिकै सम्झना आउछ छ ।
मन पर्ने साहित्य विधा ?
नाटक (मेरो जीवन साच्चिकै नाटक नै बन्यो त्यसैले होला मलाई नाटक नै मन पर्छ) ।
मन पर्ने खाना ?
मासु ढिडो।
मन पर्ने कृती ?
मैले कहिले पढेन ।
मन पर्ने मान्छे ?
आफ्नै अनुहार।
मन पर्ने पोषाक?
साडी कुर्ता सुरुवाल ।
मन पर्ने देश
आफ्नै काठमाण्डौ जता गएपनि मन यही हुन्छ ।
मन पर्ने पेशा
गायन क्षेत्र हो । (म फिल्म क्षेत्रमा नलागेको भए आज ठुलो गायक बन्थे होला )
जीवनको सबैभन्दा दुखत क्षण ?
श्रीमान गुमाउदा सबै भन्दा दुःख अनुभुति भयो सबै चिज गुमाएको जस्तो लाग्यो । संसारै सून्य लागे मेरो कोही छैन जस्तो अनुभुति भयो । के गर्नु आखिर जिवन नै हो विस्तारै म पनि मर्नुपर्छ भनेर चित्त बुझाए ।
आजभोली के गर्दै हुनु हुन्छ ?
म आजभोली टेलिफिल्म र पसिना भन्ने ठुलो पर्दाको चलचित्रमा अभियन गर्ने काममा व्यस्त छु ।
कलाकारितामा लागेर के पाउनु भयो ?
मनमा शन्ति र मलामी धेरै पाए ।
अत्यमा भन्नु केही छ ?
केही छैन आउँदै गरेको विजया दशमी र दिपावलीको सबैलाई शुभकामना छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।