मोदीकी आमाले दिइन् धन्यवाद



काठमाडौं । भारतमा सम्पन्न लोकसभा चुनावको जारी गणनामा भारतीय जनता पार्टी बलियो देखिँदै गर्दा मिडियासामु झुल्किएकी प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेनले समर्थकहरुलाई धन्यवाद ज्ञापन गरेकी छिन्।

 


उनले आज बिहीबार बिहान गान्धीनगर नजिकै रहेको निवासबाहिर आएर समर्थकहरुलाई धन्यवाद दिएकी हुन्। सो क्रममा मोदीसमर्थित नारा लागेको थियो। मोदीले चुनाव शुरु हुनुअघि आमाको आशिर्वाद लिएका थिए। वाणरासीबाट चुनाव लडेका मोदी प्रतिद्वन्द्वभन्दा भारी मतले अगाडि छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्