मलेसियाले ५० हजार कामदार जापान पठाउने



काठमाडौं । पचास हजार मलेसियन नागरिक रोजगारीका लागि जापान जाने भएका छन् । यो समाचार सुन्दा वैदेशिक रोजगारलाई न्युनीकरण गर्ने सोच राख्ने वर्तमान सरकारका प्रधानमन्त्री, मन्त्री र रेमिट्यान्सबाट देश नबनेको ठान्ने उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई आश्चर्य लाग्न सक्छ ।

कतिपयलाई रीस पनि उठ्न सक्छ, तर दक्ष जनशक्तिको चरम अभाव झेलिरहेको जापानले १७ लाख भन्दाबढी विदेशी कामदारलाई रोजगारी दिईरहेको मलेसिया सामु ५० हजार दक्ष कामदारको अपेक्षा राख्दै प्रश्ताव गरेको छ ।

गत जुलाईमा मलेसियाका मानवसंशाधन मन्त्री एम कुलासेगरन जापानको भ्रमणमा गएका बेला जापानले उक्त प्रस्ताव राखेको थियो ।

मन्त्री सेगरनले त्यस विषयमा जापानलाई निर्णय दिइ नसकेको भएपनि रोजगारीका लागि जापान जाने मलेसियन नागरिकहरुले भित्र्याउने पूँजी र प्रविधिका कारण उनीहरुलाई रोक्न नसकिने बताएका छन् ।

हाल दश लाख मलेसियन नागरिक वैदेशिक रोजगारीमा रहेका छन् । त्यसमध्ये ५ लाख नजीकैको छिमेकी मुलुक सिंगापुरमा काम गरिरहेका छन् । जुन संख्या नेपालबाट मलेसिया गई बैधानिक रुपमा काम गरिरहेका कामदारहरुको हाराहारी देखिन्छ ।

जापानमा पाउने उच्च ज्यालामात्र नभई मलेसियन नागकिले सिक्ने सीप, आर्जन गर्ने दक्षता र श्रम प्रतिको उच्च सम्मान मलेसियाको भावी पुस्ताका लागि लाभदायी हुने भन्दै मन्त्री सेगारनले मलेसियन नागरिहरुलाई रोजगारीका लागि जापान पठाउने विषयमा अन्तरिम प्रवन्ध गर्ने तयारी भइरहेको बताएका छन् ।

साभार =मध्यान्ह

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्