गुजरातको एक भवनमा आगलागी, १८ बालबालिकाको मृत्यु



गुजरात । भारतको गुजरातस्थित एक भवनमा शुक्रबार साँझपख कोचिङ कक्षा चलिरहेको भवनमा आगलागी हुँदा १८ बालबालिकाको ज्यान गएको छ । ज्यान बचाउन भवनको तेस्रो तथा चौथो तलाबाट हाम फाल्ने क्रममा उनीहरुको ज्यान गएको समाचार संस्था बीबीसीमा उल्लेख छ ।

उक्त घटनामा कयौं घाइते भएका छन् । घाइतेको स्थानीय अस्तालमा उपचार भइरहेको छ । गुजरातका मुख्यमन्त्री विजय रूपाणीले आगलगाीको कारण पत्ता लगाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

त्यस्तै गुजरात सरकारले मृतकका परिवारलाई प्रति व्यक्ति चार लाख भारु दिने घोषणा गरेको छ ।

तक्षशिला कम्प्लेक्सको तेस्रोर चौथो तलामा आगो लागेको हो। भारतीय अधिकारीका अनुसार घटनास्थलमा दमकल विभागका १९ वाहनले आगो नियन्त्रणमा लिएका थिए ।

घटनालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । उनले ट्विट गर्दै प्रभावितहरुको उद्धार तथा सहयोगको लागि गुजरात सरकार र स्थानीय प्रशासनलाई निर्देशन दिएको जनाएका छन् ।

गुजरातका मुख्यमन्त्री विजय रूपाणीले पनि घटनाप्रति शोक जनाउँदै तत्काल सहयोग तथा उद्दारका लागि खटिन सम्बद्ध सबै अधिकारीहरुलाई निर्देशन दिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्